बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन « Khabarhub

बैंकिङ ज्यादतीविरुद्ध व्यवसायीको प्रदर्शन


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासंघलगायत विभिन्न संघ-संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरूले ज्यादती गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । बैंकिङ ब्याजदर एक प्रतिशत कायम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने लगाएका माग राख्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, निजी स्वार्थका कारण व्यवसायीहरू आफ्नो पेसाबाट पलायन हुने अवस्था आएको उनीहरूको गुनासो छ ।

उनीहरूले सहुलियत कर्जाको सिमा बढाउ, बैकिङ आतंक बन्द गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको व्याज नतिर्ने कुनै नियत नभएको तर बैंकिङ ब्याजदर एक प्रतिशतमा झार्नुपर्ने बताए । उने आफुहरुलाई गरिखान दिनका लागि बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

उनले बैंकहरूले सोझा दमन गरेको र अन्याय हुँदा पनि सरकार मौन बसेको गुनासो गरे । आफ्ना मागहरूका विषयमा अर्थमन्त्रीलाई जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको व्यवसायीहरूले जनाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ५ : २८ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा