आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने सरकारको निर्णय « Khabarhub

आठ स्थानमा औद्योगिकग्राम निर्माण गर्ने सरकारको निर्णय


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले देशका विभिन्न आठ स्थानलाई औद्योगिकग्राम घोषणा गरेको छ । सरकारले मण्डनदेउपुर–६, बेथानचोक–२, लिखु–४, रघुगङ्गा–२, तातोपानी–४, रिब्दीकोट–३, रुरुक्षेत्र–४ र अपिहिमाल–४ मा औद्योगिकग्राम निर्माण गर्ने घोषणा गरेको हो ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिद्को वैठकबारे जानकारी दिँदै लगानी (इन्भेष्टमेन्ट) कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने विषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णयसमेत गरेको बताईन् ।

उनका अनुसार सरकारले संवैधानिक परिषद् (विकास, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने र बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८–७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएका वस्तुको लागि राहत प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले संवत् २०८० सालमा दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । यही फागुन १५ देखि १८ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५२औँ सत्रमा पत्रराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति दिने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिईन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ५२ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया