खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु « Khabarhub

खोटाङमा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा रेडपाण्डा संरक्षण सम्वन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल, लामीडाँडाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु भएको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सात वटा सामुदायीक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चार वटा सामुदायीक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने जनकल्याण समाज नेपालका अध्यक्ष एबं लामीडाँडाका वडाध्यक्ष बिरेन्द्र मगरले बताए ।

आर्थिक वर्ष २०७९/०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले २८ लाख ८६ हजार सात सय बजेट उपलव्ध गराएको छ । सुरुवाती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, बास स्थानको व्यवस्थापन, दिगो जिवीकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ ।

रेडपाण्डाको उपस्थितिरअनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र बासस्थानको नियमित अनुगमन, चोरी शिकार विरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको–क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोग लगायतका गतिविधि सञ्चालन गरिने समाजका अध्यक्ष मगरले जानकारी दिए । फेदीमा रेडपाण्डालाई स्थानीय साम्पाङ भाषामा ‘कुँदो’ भनेर चिन्ने गरिन्छ ।

प्राप्त बजेटबाट रेडपाण्डा संरक्षण सम्वन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्ला स्तरिय सल्लाहकार समितिको गोष्ठी गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायीक बनमा लोपोन्मुख बन्यजन्तु रेडपाण्डाको बसोबास रहेको छ । यस्तै, चिउरीडाँडाको सिस्नेहर्कटे, निर्मलीडाँडाको गोपिनी नायपा वन र पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गगलमा रेडपाण्डाको बसोबास रहेको दावी गरिएको छ । रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो ।

गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित बनमा पाईने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रबर्धनमा सहयोग पुग्ने र जिबिकोपार्जनमा सहयोग पुग्ने भएकाले संरक्षण अभियान थालिएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ४१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब