डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा « Khabarhub

डोलेश्वरमा महाशिवरात्रीको तयारी पूरा


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – केदारनाथ शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको सम्पूर्ण तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज यसबारेमा जानकारी दिँदै शिवरात्रीको तयारी पूरा भएको र भोलि सहज रुपमा भक्तजनलाई दर्शनको व्यबस्था गरिएको जानकारी दिएको छ ।

समितिका महासचिव हरिशरण बस्नेतले शिवरात्रीका दिन सर्वसाधारण भक्तजनका लागि बिहान ४ बजेदेखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुल्ला गरी गर्भ गृहमा प्रवेश गरी पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको जानकारी दिए । महाशिवरात्रीको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको छ भने मन्दिरको गर्भमा गएर पूजा एवं दर्शन गर्ने व्यबस्था गरेको उनले जानकारी दिए ।

पर्वका लागि आएका साधुसन्तलाई समितिले खाने बस्ने, धुनी बाल्न दाउराको व्यवस्था गरिएको र मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उहाँले जानकारी दिए । शिवरात्री पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबाहरु मध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर विदाई गर्ने व्यबस्था गरेको छ ।

शिवरात्रीका लागि यसवर्ष ३५० जना साधुसन्त एवं बाबाहरु आएका महासचिव बस्नेतले जानकारी दिदै डोलेश्वरमा दर्शनका लागि एक लाख भन्दा बढी बढी दर्शनार्थी आउने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : २९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना