इन्जुरी समयको २ गोलले आर्सनल पुनः शीर्ष स्थानमा | Khabarhub Khabarhub

इन्जुरी समयको २ गोलले आर्सनल पुनः शीर्ष स्थानमा


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गए राति भएको खेलमा एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै आर्सनलले महत्वपूर्ण जित हासिल गरेको हो।

सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लालाई अग्रता दिलाएका थिए तर खेलको १६औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए।

३१औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २–१ को अग्रता दिलाए। दोस्रो हाफमा पुन आर्सनल खेलमा फर्कियो। ६१औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरीमा पुर्‍याए।

त्यसपछि इन्जुरी समयमा धकेलिएको खेलमा आर्सनल लगातार दुई गोल गर्न सफल भयो। जोर्गिन्होको सट पोलमा लागेर बाहिरिएको बलमा लडेका गोलरक्षक इमिलियानो मार्टिनेजसँग डिफ्लेक्टेड भएर गोल भएपछि आर्सनलले खेलमा ३–२ को अग्रता बनायो। चौंथो गोल इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले खाली पोस्टमा गोल गरेका थिए। केहि सेकेन्ड बाँकी रहँदा सबै खेलाडी अगाडि बढेको मौकामा काउन्टर अट्याकमा खाली पोस्टमा गाब्रियलले गोल गरेर आसनललाई ४–२ को अग्रता दिलाए ।

जितसँगै आर्सनल सिटीको खेल अघिसम्म पुन: शीर्ष स्थानमा फर्किएको छ। आर्सनलले २३ खेलमा ५४ अङ्क जोडेको छ। एस्टन भिल्ला भने २३ खेलमा २८ अङ्क जोडेर ११औं स्थानमा रहेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : ३० बजे

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि

कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को

प्रधानसेनापति सिग्देलद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई

बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

काठमाडौं– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट