मान्छेले नियम, कानुन मान्न छोडेको छ | Khabarhub Khabarhub

मान्छेले नियम, कानुन मान्न छोडेको छ

'पुलिसमाथिको आक्रमण गलत हो'


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय एउटा आन्दोलनको नाममा अन्य गलत व्यक्तिले फाइदा उठाइराखेका छन्। अघिल्लो साता नयाँ बसपार्क क्षेत्रमा यातायात व्यवसायीले गरेको आन्दोलनकाक्रममा लोत्से हलमा लुटपाट भयो। बन्द भएको सटर फोरेर एक समूहले कुनै व्यवसायमाथि हमला गरेको छ। यस्तो अवस्था आउनुको पछाडि कारण केके हुनसक्छ ? एउटाले आन्दोलन गर्दा अर्को क्षेत्रमा क्षति किन पुग्यो ? शान्ति सुरक्षामा प्रहरी किन चुक्यो ? आफ्नै भ्यान सडकमा जल्दा प्रहरी किन मुकदर्शक बन्यो ? भन्ने विषयमा नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

यातायात मजदुरको आन्दोलन र नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटलाई यहाँले कसरी हेर्नुभएको छ ?

सानो सानो कुरामा नागरिकलाई पुलिससँग रिस उठेको अवस्थामा तथा कुनै काम गर्न नदिएकोप्रति मान्छे आक्रोशित भएको हुन सक्छन्। सरकारप्रति असन्तुष्टि पनि देखिन्छ। यस्ता प्रकारका कुरामा प्रशासन र प्रहरीले निकै ध्यान दिनु जरुरी रहेको छ। आन्दोलनका लागि बसपार्क जस्तो स्थान रोज्नु एक गलत हो। प्रहरी चुप लागेर बस्ने भन्ने हुँदैन। यहाँ एउटै कारण मात्र छैन। यो घटनामा धेरै कारण जोडिएको देखिन्छ। बसपार्क भनेको ठूलो संख्यामा मानिस जम्मा हुने ठाउँ हो। यस्तो ठाउँलाई आन्दोलनकारीले प्रयोग गर्नु नै गलत देखिन्छ।

त्यो आन्दोलनमा जुन सुरक्षा अधिकारीको जति सङ्ख्या थियो त्यो समयमा सुरक्षा अधिकारीको खटाइमा पुग्ने सङ्ख्या तथा स्थिति थियो ?

आन्दोलन तथा कुनै स्थानमा एकै किसिमका मान्छे हुँदैनन्। एसपीलाई हेड क्वाटरले अर्को ठाउँमा सरुवा गर्न तथा तान्न तीन महिना लागेको उदाहरण हामीसँग छ। यस्तो ठाउँमा राजनीतिमा लागेको मान्छे लिएर जान्छ। विभागीय संस्थाले त्यसमा केही गर्न सकिँदैन। पुलिसको कारण, समाजको कारण, टाउको कारण, राजनीतिक कारण पनि हुनसक्छ। नियम कानुन मान्न छोडेको छ मानिसले। कारबाही हुनु हुँदैन भन्ने मात्र होइन सजाय नै नहोस् भन्ने मानसिकता बढी नै विकास भएको छ। यो गलत हो।

यातायात मजदुरको मात्र नभएर सर्वसाधारणको दुख मिसिएको भएर त्यो आवेग पैदा भएको होइन ?
यसमा व्यवहारका कुरा रहेका छन्। केही सुधार भएका छन् केही सुधार्न बाँकी छन्। नेपालमा यस्ता कुरा ऐन नियममा राखेर नगरेको अवस्था छ। सानो तथा ठूलो गल्तीमा नै कारबाही एकै रहेको जेलमा थुन्ने र निकाल्ने प्रक्रिया रहेको छ। सरकारले जति गर्ने हो त्यो त्यसमा गल्ती भएपछि दोब्बर गर्नुपर्ने हुन्छ। जस कारण पहिले नै सजक भएर कार्य गर्नु तथा सचेत बन्न सक्नुपर्छ।

प्रहरीले कामको बोझको आक्रोश सवारी चालकमाथि पोख्नु तथा खनिनु कतिको उचित रहेको छ ?
यो उचित होइन। एक जना प्रहरीले ३५० जना जनतालाई हेर्नुपर्ने हुन्छ। प्रहरीलाई मात्र खटाएर हुँदैन। उपत्यकाको चक्रपथ जस्तो ठाउँमा हरेक दिन एउटा प्रहरीले १७–१८ घण्टा खटन धेरै असहज र गाह्रो पर्न जान्छ। प्रहरी र यातायातको सम्बन्ध सबै पक्षको प्रतिनिधित्व गर्ने गरी आपसी समझदारी रहनु आवश्यक रहन्छ।

प्रहरीले आफ्नो फाइदालाई हेरेर चालकलाई कारबाही गरेको भन्ने कुरा आएको छ। तपाईंलाई के लाग्छ ?

यो सवाल नै गलत छ। प्रहरीले आफ्नो कार्य गर्दा कति राजस्व सङ्कलन गरेँ भन्ने कुरा बिलकुल गलत हो। प्रहरीको काम राजस्व संकलन गर्ने होइन, कानुन पालना गर्नु हो। त्यो व्यक्तिलाई अनुशासनमा ल्याउन खोजेको छ। धेरै मात्रामा हेर्ने र नियाल्ने पनि गर्नु हुँदैन। जसले मानिसमा खलबली पैदा गरेको जस्तो परिस्थिति आउन सक्छ।

यातायात सम्बन्धी कस्तो सचेतनाको अपनाउनु पर्छ जस्तो लाग्छ ?
नेपालमा सचेतना भन्ने चिज नै छैन। यो सम्भव छ जस्तो मलाई लाग्दैन। नेपाल प्रहरीको ठूलो फिल्ड अप्रेसन छ। सुरक्षा कार्यालयको आफ्नो कार्यमा प्रेरित हुनु आवश्यक छ।

आन्दोलनमा धन क्षतिको कुरा तथा प्रेमप्रसाद आर्चायको घटना परिस्थिति आर्थिक अवस्था छ यसले कस्तो खालको विचलन पैदा गरेको छ ?
यो घटनाले व्यापारीमाथि समस्या परेको देखिन्छ। यहाँ आन्दोलन एउटाले गर्ने र फाइदा अर्कोले उठाउने गरेको देखिएको छ। जुन घटनामा अनुहार देखिएमा त्यो सार्वजनिक गर्न सक्नुपर्छ। त्यसता व्यक्तिलाई कारबाही हुनैपर्छ।

बालाजुमा घटना भइरहेको बेला पुलिस किन पुग्न सकेन ?
पुलिसको मनोबलको कारण हो। केही कारबाही गर्दा पुलिसलाई हामी फस्न सक्छौं भन्ने डर भएपछि यो अवस्था आएको देखिन्छ। कारबाही प्रक्रिया अगाडि बढाउँदा पुलिसमाथि आक्रमण हुनु एकदम गलत प्रवृत्ति हो। यसले कानुन पालनाको हाम्रो अवस्थालाई देखाएको छ।

प्रहरी तथा सुरक्षाकर्मीबाट आम सर्वसाधारणले के अपेक्षा राख्ने त ?
अपेक्षा राख्नु पर्छ। कानुन कार्यान्वयन हुनुपर्छ। प्रहरी अनुसन्धान, खोजी कार्यमा लागेको छ। हरेक स्थानमा प्रहरी राख्न भने सकिँदैन। ऐन नियम अनिवार्य रुपमा लागू हुनुपर्छ।

लुटेर लगेको सामान फिर्ता लिनको लागि केही तरिका अपनाउन सकिन्छ ?
यस्ता घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्नुपर्छ। यसमा प्रहरीसँगै प्रत्यक्षदर्शीको साथ लिन सकिन्छ। व्यवसायीको ठूलो लगानीमा क्षति भएको छ। यसलाई सरकारले गम्भीर ढंगले हेर्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ०४ बजे

मौसम परिवर्तनसँगै फ्लुका बिरामी बढे : मास्क लगाउन चिकित्सकको सुझाव

काठमाडौं – भर्खरै पानी पर्ने मौसमबाट सुख्खा मौसमको सुरु हुँदैछ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच

शरदयाममा १४ जनालाई धवलागिरि हिमाल आरोहणको अनुमति

म्याग्दी– यस वर्षको शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि १४

खोटाङमा चल्ने सार्वजनिक यातायातमा टिकट अनिवार्य

खोटाङ– सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि