राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सरिक « Khabarhub

राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सरिक


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारोहमा सरिक भएकी छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे सहभागी थिए।

त्यस अवसरमा प्रादेशिक, जातीय र भूगोलको पहिचान दिने धार्मिक, सांस्कृतिक र परम्परागत गीतसङ्गीत र नृत्य प्रस्तुत गरियो । सांस्कृतिक कार्यक्रममा नेपालको प्रख्यात झिझिया, तामाङसेलो, कौरा, झ्याउरे, हुड्के, सोरठीका साथै किसान नाच समावेश गरिएको थियो ।

मुलुकको सबैभन्दा पुरानो गैरराजनीतिक सङ्गठनका रूपमा रहेको सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।

मन्त्रिगण, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न विधाका उच्च पदस्थ अधिकृत तथा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि सांस्कृतिक कार्यक्रममा सहभागी भए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ४६ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको