राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई देउवाको आग्रह « Khabarhub

राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न प्रचण्डलाई देउवाको आग्रह


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । भेटवार्तामा राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल भएको छ ।

कांग्रेस नेताहरुले प्रचण्डलाई राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गरेको थिए । जवाफमा प्रचण्डले पार्टी भित्र छलफल गरेर निर्णय गर्ने बताएको उनी निकट स्रोतले जनाएको छ ।

भेटवार्तामा देउवासहित कांग्रेस नेताहरु रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका शीर्ष नेताहरु सहभागी थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।

माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार पदाधिकारी बैठक बोलाएको छ। बैठक बस्नुअघि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  १० : ५७ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको