भक्तपुरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु « Khabarhub

भक्तपुरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले उद्घाटन गरे।

यही फागुन १२ गतेसम्म पाँच दिन दैनिक दुई नाटकका दरले प्रदर्शन हुने नाटक मेलामा आज पहिलो दिन आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागण एकेडेमी स्कुलको ‘खैराँती मास्टर’ प्रर्दशन गरिएको नाट्यकर्मी समाजका निरज लवजुले जानकारी दिए ।

भक्तपुरका सात विद्यालयका विद्यार्थीको नाटक प्रस्तुत रहने मेलामा दोस्रो दिन ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’, तेस्रो दिन बाल विकास इङ्लिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ को प्रस्तुत गरिने छ ।

खैराती मास्टर दुई समूहले प्रस्तुत गर्ने र शरणागतको स्वागत दुई दिन प्रस्तुत गर्ने उहाँले जानकारी दिए । चौथो दिन प्रभात इङ्लिस सेकेन्डरी स्कुलको ‘राजनीतिक रङ्गमञ्च’, ख्वप कलेजको ‘उनी देवता हुन्’ र पाँचाँै तथा अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कुलको ‘कीर्तिपुरको युद्धमा’ र आयोजक समितिको ‘गङ्गालालको चिता’ नाटक मञ्चन गरिने आयोजक समितिका सदस्य लवजुले बताए । नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो सो र दिउँसो ३ बजे दोस्रो सो प्रदर्शन गरिने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : १५ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि