एक महिनामा तेश्रो पटक सार्वजनिक कार्यक्रममा काँपिन् जर्मन चान्सलर « Khabarhub

एक महिनामा तेश्रो पटक सार्वजनिक कार्यक्रममा काँपिन् जर्मन चान्सलर


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– जर्मन चान्सलर एङ्गेला मर्केल सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा पुनः काँपेकी छिन् । पछिल्लो एक महिनामा उनी सार्वजनिक कार्यक्रममा सहभागी हुँदा काँपेको यो तेश्रो घटना हो ।

फिनल्याण्डका प्रधानमन्त्री आन्ती रिनेलाई राजधानी बर्लिनमा स्वागत गर्ने क्रममा उनी काँपेकी हुन् । जर्मन सञ्चारमाध्यमले जनाएअनुसार उनी एक मिनेटभन्दा केही बढी समय काँपेकी थिइन् । पछि उनले आफ्नो स्वास्थ्य सामान्य रहेको प्रतिक्रिया दिएकी थिइन् ।

यसअघि गत महिना युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीलाई राजधानी बर्लिनमा स्वागत गर्ने क्रममा उनी पहिलोपटक काँपेको घटना सार्वजनिक भएको थियो । त्यस्तै, दुई साताअघि जापानको ओसाका शहरमा भएको जी२० को सम्मेलनमा त्यसतर्फ जानुअघि पनि उनी काँपेकी थिइन् । जी२० को सम्मेलनमा पनि उनले आफू स्वस्थ रहेको जनाएकी थिइन् ।

जर्मन चान्सलरकी प्रवक्ता अलराइक डिमरले पनि चान्सलर मर्केल सामान्य रहेको र कुनै चिन्ता गर्नपर्ने अवस्था नरहेको टिप्पणी गरेकी छिन् ।
६४ वर्षे मर्केल सन् २००५ देखि जर्मनीको चान्सलरको रुपमा जिम्मेवारी सम्हालिरहेकी छिन् । सन् २०२१ देखि उनले राजनीतिबाट सन्न्यास लिने घोषणा गरिसकेकी छिन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ४८ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना