हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी « Khabarhub

हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हरेक दिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी हुने गरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारका अनुसार टाट पल्टेको अफगानिस्तानको अर्थतन्त्रलाई अझ खराब हुन नदिन पाकिस्तानबाट अफगानिस्तानतर्फ दशौँ लाख अमेरिकी डलर तस्करी हुने गरेको हो ।

पाकिस्तानको मुद्रा सटही कम्पनी संघका महासचिव मुहम्मद जफार पराचाले बताएअनुसार व्यापारी र तस्करहरुले दैनिक ५० लाख डलर सीमा कटाउने गरेका छन् । यो रकम अफगानिस्तानको केन्द्रिय बैंकले बजारमा प्रवाह गर्ने कुल रकमभन्दा धेरै हुने जनाइएको छ ।

अफगानिस्तानको केन्द्रिय बैंकले साताको १ करोड ७० लाख डलर बजारमा प्रवाह गर्दै आएको छ ।

सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानले पश्चिमा मुलुकले लगाएको नाकाबन्दीको सामना गरिरहेको छ ।

पाकिस्तानबाट तस्करी हुने ठूलो परिमाणको विदेशी रकमबाट तालिबानले नाकाबन्दीको हल निकालेको विश्लेषण गरिएको छ ।

अफगानिस्तानतर्फ ठूलो परिमाणमा विदेशी मुद्रा तस्करी हुँदा यसले पाकिस्तानको सञ्चितीमा समेत असर परेको विश्लेषण गरिएको छ ।

‘कुनै शंकाबिना मुद्रा तस्करी भइरहेको छ । यो अहिले धेरै नाफामूलक व्यवसाय बन्न पुगेको छ ।’ महासचिव पराचाले भने ।

यसबाट अफगान पाक सीमा क्षेत्रमा कालोबजारी समेत मौलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ५८ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका