काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी « Khabarhub

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको चुनावी सरगर्मी


१२ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको नवौँ महाधिवेशनसँगै आगामी नेतृत्व चयनलाई लिएर व्यवसायीहरुमा सरगर्मी बढेको छ । १४ फागुनमा हुने संघको १७ औं साधारण सभा तथा नवौं अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

जसका लागि आफ्नो नेतृत्वमा प्यानलसहित कृष्णप्रसाद गौतमले उम्मेदवारी घोषणा गरेका छन् । गौतमको समूहमा वरिष्ठ उपाध्यक्ष कमला भट्टराई काफ्ले, प्रथम उपाध्यक्ष लक्ष्मण थपलिया, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ , उप महासचिव  अर्जुन मर्हजन रहेका छन् ।  त्यसैगरी, उप–महासचिवमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा राजन श्रेष्ठ रहेका छन् ।  

उम्मेदवारी घोषणा गर्दै गौतमले धाराशयी बनेको व्यवसायलाई माथि उकास्ने र यसका लागि सबै व्यवसायीसँग छलफल गर्ने बताए । विभिन्न ऐन तथा नीति नियमका निर्माण व्यवसायी पेशा धराशायी बनेको बताउँदै उनले ऐन तथा नीति नियम परिमार्जन गर्न आफूले पहल गर्ने बताए ।

२५ वर्षदेखि क्रियाशील रहेकाले अध्यक्षमा आफ्नो दाबेदारी रहनु स्वभाविक रहेको बताएका उनले व्यवसायीको सल्लाह र सुझावलाई आत्मसाथ गर्दै काम गर्ने प्रतिबद्धता जनाए । उनले शान्तकुमार श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ११ : ३२ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन