रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती « Khabarhub

रुरुक्षेत्रमा दाजुभाइको ५२ रोपनीमा गोलभेँडा खेती


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा – गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ का ज्ञवाली परिवारले गोलभेँडा (टमाटर) बाटै मनग्ये आम्दानी गर्दै आएको छ। कमल र कपिल ज्ञवाली दाजुभाइले मिलेर आफ्नै घरबारीमा गोलभेँडा खेती गरिहरहेका छन्।

दुई दाजुभाइसँगै घरपरिवारका सबै मिलेर व्यवसायिक कृषिमा लागेका छन्। उनीहरुले अहिले दाजुभाइ कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर गोलभेँडा खेती गरिरहेका छन्। ज्ञवाली परिवारका छ जना खटेर गोलभेँडा खेतीलाई अहिले ५२ रोपनी जग्गामा विस्तार गरेका छन्। उनको बारीबाट अहिले वार्षिक आठदेखि नौ सय क्विन्टल गोलभेँडा बिक्री हुँदै आएको छ। उनको फार्मबाट हाल प्रतिकिलो रु ७० देखि ७५ मा गोलभेँडा बिक्री हुन्छ। मूल्य घटबढ भए पनि गोलभेँडाको लागि बजारीकरणको कुनै समस्या नभएको दाजु कमलले बताए।

व्यवसायको सुरुआती चरणमा भएको क्षति पूरा गरेर अहिले पनि मासिकरुपमा रु एकदेखि दुई लाख खर्च कटाएर बचत हुने गरेको कमलले बताए। “हप्तामा तीनदेखि चार पटक गोलभेँडा गाडीमा बुटवल पठाउँछौँ, एक पटकमा एक लाख बराबरको जाने गर्दछ”,” उनी भन्छन्, “खेतीमा परिवारका सबै सदस्य खट्छौँ, खर्च कटाएर पनि मासिक रु एक÷दुई लाख आम्दानी हुन्छ”, उनले भने।” लगातार मेहनत गर्नेहरु व्यावसायिकरुपमा कृषिमा प्रेरित हुनुपर्ने कमलको भनाइ छ।

दाजुभाइ कृषि फार्मलाई संरक्षित संरचनामा प्राङ्गारिक तरकारी उत्पादन कार्यक्रमका लागि गत आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा रु चार लाख सहयोग गरेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए। उनले व्यावसायिक कृषिमा लागेर अरुलाई पनि उदाहारण दिन सक्नेलाई प्रोत्साहित गरिरहेको बताए।

कृषि क्षेत्रमा परिवार सबै मिलेर खेती गरी उदाहरण दिँदै मनग्ये आम्दानी गरिरहेको कमल र कपिललाई कृषि ज्ञान केन्द्रले उत्कृष्ट कृषकमा छनोट गरी सम्मान गरेको थियो। साथै दाजु कमल २०७९ को संविधान दिवसको अवसरमा नेपाल सरकारबाट विकास रतन पदकबाट विभूषितसमेत भएका थिए।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ७ : २१ बजे

बैंकहरूको निष्क्रिय कर्जा बढ्दै, इन्भेष्टमेन्ट मेगाको ऋण नोक्सानी व्यवस्थामा नै २८ अर्ब बढी रकम

काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको

बीपी कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेको छु : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइरालाले लगाएको जुत्तामा

कार्बन व्यापारमा महालेखाको प्रश्न

काठमाडौं- पर्यावरण संरक्षण गरी कार्बन उत्सर्जन न्यूनीकरणका लागि नेपालले सार्थक

राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं- विश्वभरका लेखक तथा कलाकारको सहभागितामा यही जेठ १५ देखि

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउखेती