साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम सुरु « Khabarhub

साइबर सुरक्षाबारे अभिमुखीकरण कार्यक्रम सुरु


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण प्रतिदिन बढ्दै गएका साइबर अपराधसम्बन्धी घटनाको न्यूनीकरणका लागि ग्रामीण क्षेत्रसम्म नै जनचेतना जगाउने कार्यक्रम सुरु गरिएको छ ।

सुनौलो नेपाल अनलाइन र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा बरेङ गाउँपालिकामा साइबर अपराध र साइबर सुरक्षासम्बन्धी यस्तै एकदिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । सामाजिक सञ्जालको बढी प्रयोग गर्ने समूहलाई लक्षित गरी सञ्चालित सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक गरी दुई सयभन्दा बढीको सहभागिता थियो ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले इन्टरनेटको जमानामा हुर्के बढेका बालबालिका, पढ्दै गरेका विद्यार्थीलगायत अभिभावकले साइबर सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए ।

‘साइबर असुरक्षाको जोखिम हाम्रा बालबालिकामा बढी परेको छ’, उनले भने ‘जोखिम कम गर्ने एउटै उपाय सचेतना हो ।’ कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का लगायतले साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : २७ बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा