दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होमलाई « Khabarhub

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होमलाई


१३ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– दोस्रो भक्तपुर कप-२०७९ हिलिङ होम एफसीले जितेको छ । हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५-४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो ।

निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको थियो । भक्तपुर युवा टिमको आयोजनामा भएको फाइनल खेलमा पहिलो गोल विजेता हिलिङ होम देवराज तामाङले गरेका थिए ।

खेल सुरु भएको सातौ मिनेटमै गोल गरेकामा जबाफी गोल पराजित केदारनाथ सुटर्सले खेल सुरु भएको ३४ औं मिनेटमा फर्काएका थियो । सुदर्शन श्रेष्ठले गोल फकाई खेललाई बराबरीमा ल्याउन सफल भएको थियो ।

खेलको ४३ औ। मिनेटमा विजेता हिलिङ होम एफसीका देवराज तामाङले दोश्रो गोल गरी टिमलाई अगाडि बढाएका थिए । जबाफी गोल खेलको ६६ औ मिनेटमा पराजित केदारनाथ सुटर्सका सतिश सुवालले गरेपछि खेल बराबरीमा टुंगियो ।

प्रतियोगितामा विजयी हुन सफल हिलिङ होम एफसीले नगद पुरस्कार एक लाख २५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाए भने दोश्रो हुन सफल केदारनाथ सुटर्सले नगद ६० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । 

उनीहरु सवैलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंलगायतका अतिथिहरूले पुरस्कार वितरण गरेका थिए । 

 

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ३५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी