चुरेकाछमा जङ्गली हात्तीको त्रास « Khabarhub

चुरेकाछमा जङ्गली हात्तीको त्रास


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जङ्गली हात्तीको त्रास छाएको हो ।

शनिबार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा त्रास छाएको छ । चुरेपारिको जोडिएकै बस्तीमा हात्तीको उपद्रो बढेपछि महोत्तरीका पर्साहीधाप, रजबास, कालापानी, धनुषाका तुलसी, विसम्भर, बाहुनमारा र लोहटासहितका बस्तीमा सर्वसाधारण कामविशेषले हिँडडुल गर्न पनि छाडेका छन् ।

‘ऊ त्यहीँ पारि मान्छे मार्‍यो, कसरी सुत्न सकिन्छ ?’ बर्दिबास–३ रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले भने, ‘जङ्गली हात्तीको त्रासले मान्छे घरबाट निस्कन छाडेका छन्।’ हात्तीको आक्रमणमा मान्छे मरेपछि हिजो शनिबार दिनभरि बर्दिबास–कटारी रुटमा कुनै सवारी साधन चलेनन् ।

बर्सेनि चुरेकाछका बस्तीमा जङ्गली हात्तीको उपद्रव हुँदै आएको छ । खेतबारीको बालीनाली माडेर नोक्सान गर्ने, पराल राखेका माच लडाउने, केराका थाम उखेल्ने र काठेघर लडाउनेसम्मका हात्तीको उपद्रव खेप्दै आइएको काछवासी बताउँछन् । कहिले एउटै र धेरैजसो तीन वटाको सङ्ख्यामा पछिल्लो एक दशकयता बर्सेनिजसो जङ्गली हात्तीको उपद्रो चुरे क्षेत्रमा हुँदै आएको छ । यसपालि पछिल्लो तीन–चार दिनयता एउटै हात्ती बस्ती पस्ने गरेको सर्वसाधारणले बताएका छन् ।

दिनभरि घना जङ्गलभित्र लुक्ने हात्ती मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । शनिबार पनि बिहान कुखुरा बास्ने बेलातिर हात्तीले रानीबासमा मान्छे मारेको हो। सर्वसाधारण त्रासमा भएका बेला डिभिजन वन कार्यालय सिन्धुलीले अहिले बस्ती पस्ने गरेको हात्तीलाई शनिबार लट्टिने औषधि प्रयोग गरिएको जनाएको छ । बस्ती पसेको हात्तीले मिथिला नगरपालिकाको ढल्केवर माथिल्लो बस्तीमा तीन जनालाई  पछारेर मारेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  १० : ४१ बजे

८७ प्रतिशत एमाले कार्यकर्ताले भने- ओलीलाई अध्यक्षबाट हटाउनुपर्छ

काठमाडौं– नेकपा एमालेका ८७.६ प्रतिशत नेता तथा कार्यकर्ताले पार्टीको अध्यक्ष

गरिबी न्यूनीकरणमा सघाउन विज्ञहरू संसारभर पठाउने चीनको प्रस्ताव 

निङ्सिया– चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मुलुकको पूर्वाधार विकास र आर्थिक

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका

पछिल्लो २४ घण्टामा विपद्का ३१ घटना, ३ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका