राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न केपी ओलीको अपिल | Khabarhub Khabarhub

राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न केपी ओलीको अपिल


१४ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन् ।

सहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उनले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने जिकिर गरे ।

उनले भने, “अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ । जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ । किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको संवर्द्धनका लागि हो । त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।”

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गरेका छन् । एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाए । “अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको छ”, उनले भने ।

उनले विभिन्न बहानामा आन्दोलन र द्वन्द्व भएपनि पीडितले अझै न्याय पाउन नसकेको भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । उनले विभिन्न आन्दोलनका घाइतेको उपचार र पीडितलाई राहत दिन पार्टीले पहलकदमी लिने पनि उल्लेख गरे ।

उनले नेपालमा थुप्रै खाले आन्दोलनबाट धेरै सङ्ख्यामा सहिद र बेपत्ता भएको भन्दै सरकारले उनीहरूको पहिचान र पीडितलाई राहत दिनुपर्ने धारणा राखे । देशका लागि लडेका योद्धा सहिदको सपना साकार पार्न सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

संस्थाको शुभारम्मसँगै राम्रो कामको थालनी भएकामा प्रशंसा गर्दै उनले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । सो अवसरमा एमाले अध्यक्ष ओलीले संस्थामा अक्षयकोषका लागि रु दुई लाख सहयोगको घोषणा गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ४० बजे

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज