समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने एमालेको निर्णय « Khabarhub

समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने एमालेको निर्णय


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले  सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री विमला राई पौडेललाई मन्त्रीको रुपमा जेनेभा जानबाट रोक्नु, एमाले प्रतिपक्षमा जाओस् भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै अभिव्यक्ति दिएकाले एमाले सरकारबाट बाहिरिएको एमाले नेता विष्णु पौडेलले जानकारी दिए।

हाललाई संघीय सरकारबाट मात्र बाहिरिने निर्णय भएको उनले बताए। राष्ट्रपतिको निर्वाचनका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले अन्य ८ दलको गठबन्धन बनाएपछि एमाले एक्लिएको हो।

प्रदेश सरकारबाट के गर्ने भन्ने निर्णय भइसकेको छैन।

 

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १२ : ३९ बजे

श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं– सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध

राती बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उच्च 

काठमाडौं– रातमा बत्ती बालेर सुत्दा हृदयरोगको जोखिम उल्लेखनीय रूपमा बढ्ने

लुम्बिनीको स्थापना दिवस : सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनी– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास

देशको अवस्थाले जनताको मानसिक स्वास्थ्यमा असर पारेको छ : स्वास्थ्यमन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक,

उपराष्ट्रपति यादव भन्छन्- लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन