प्रभु साहको पार्टी दर्ता रहेको संघीय संसद्‌लाई आयोगद्वारा जानकारी  « Khabarhub

प्रभु साहको पार्टी दर्ता रहेको संघीय संसद्‌लाई आयोगद्वारा जानकारी 


१५ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले रौतहटबाट निर्वाचित सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीलाई निर्वाचन आयोगमा दर्ता रहेको जानकारी संघीय संसद्लाई गराएको छ। रौतहटबाट स्वतन्त्र निर्वाचन लडेर जित हात पारेका सांसद साह अध्यक्ष रहेको पार्टी निर्वाचन आयोगमा दर्ता भएको विषयमा आयोगले संघीय संसद्‌लाई जानकारी गराएको हो। 

यसअघि संघीय संसद्ले प्रभु साह आबद्ध पार्टीको जानकारी आयोगसँग माग गरेको थियो। यसअघि स्वतन्त्र सांसदको हैसियतमा रहेका सांसद साह अब आम जनता पार्टीको अध्यक्षको हैसियतमा संसद्‌मा रहने भएका छन्। 

तत्कालीन समयमा नेकपा माओवादीसँगको एकताका क्रममा नेकपाको निरन्तरताको रुपमा नेकपा एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक गठबन्धन गरेपछि उनी रुष्ट बनेर स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले स्वतन्त्र उम्मेदवारी दिएर जितसमेत हात पारेका थिए।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ३ : ५७ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।