आजका समाचार : जापानका पीआरधारी राजदूतले लिए नाम फिर्ता, घुसकाण्डमा बोल्यो सर्वोच्च, एनपीएलमा  काठमाडौँको पहिलो जित र युगान्डाले सोमालियाबाट सेना फिर्ता बोलायो « Khabarhub

आजका समाचार : जापानका पीआरधारी राजदूतले लिए नाम फिर्ता, घुसकाण्डमा बोल्यो सर्वोच्च, एनपीएलमा  काठमाडौँको पहिलो जित र युगान्डाले सोमालियाबाट सेना फिर्ता बोलायो


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ चार विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली

काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा टस जितेर पहिला बलिङ गरेको काठमाडौँ चार विकेटले विजयी भएको हो ।

सुरुमा ब्याटिङ गरेको कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौँले दुई बल बाँकी हुँदा छ विकेटको क्षतिमा पूरा गरेको हो ।

काठमाडौँको जितमा कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले तीन छक्का र चार चौका हिर्काए । उसका लागि रसिद खानले अर्धशतक बनाए। उनले ३२ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काएर ५० रन पूरा गरेका हुन् ।

अन्तिममा विष्फोटक ब्याटिङ गर्दै काठमाडौँका जहानदाद खानले १० बलको सामना गर्दा दुई छक्का र एक चौकाको मद्दतमा २२ रन बनाए । उसका लागि ओपनर डेबिड वार्नरले १० बलमा १६ रन बनाउँदा मोहमद आदिल आलमले २० रन थपे । स्मित पटेलले ९ रन जोड्दा भीम सार्की ५ रनमा आउट भए ।

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमान्डु र कर्णालीबीचको खेल हेर्न पुगेका समर्थक (तस्बिरहरु)

हानि तथा नोक्सानी कोषको २० मिलियन डलर : नमुना परियोजना बनाउने सरकारको तयारी

जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई लक्षित गर्दै नेपाल सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन अमेरिकी डलरको सहयोग परिचालनका लागि परियोजना प्रस्ताव तयार गर्न थालेको छ ।

नेपाललाई कोषले कुल २१।६ मिलियन अमेरिकी डलर छुट्याउने निर्णय गरेसँगै सरकारले २० मिलियन डलर बराबरको परियोजना प्रस्ताव लेखन र कार्यान्वयनकारी संस्था छनोटको प्रक्रिया अघि बढाएको हो ।

कृषि, वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार प्रस्तावको प्रारम्भिक लेखन सुरु भइसकेको छ । मंसिर दोस्रो सातासम्म प्रारम्भिक चरण पूरा गरी नोभेम्बरसम्म प्रस्तावको पहिलो मस्यौदा तयार गर्ने सरकारको लक्ष्य छ ।

सरकारले कोषसँग आबद्ध राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामार्फत मात्रै प्रस्ताव पेस गर्नुपर्ने भएकाले प्रस्ताव लेखनसँगै उपयुक्त कार्यान्वयनकारी संस्थाको खोजी पनि अघि बढाएको छ ।

चीनसँगको वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि गर्न छलफल गरिरहेका छौँ : परराष्ट्र

भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ : प्रधानमन्त्री

मधेस सरकार गठनबारे दलहरुबीच संवाद भइरहेको छ : प्रचण्ड

बाढीपीडितलाई नगद सहायता उपलब्ध गराउनेबारे छलफल

जापानका प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् । संसदीय सुनुवाइका क्रममा जापानको स्थायी आवासीय अनुमति (पीआर)लिएको विषयमा प्रश्न उठेपछि थापाले राजदूत नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेकाले नाम फिर्ता लिन लागेको संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले बताए । उनले केहीबेरमा औपचारिक निवेदन पठाउने छन् ।

गत असोज २८ गते भएको सुनुवाइमा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले प्रश्न उठाएपछि उनको सुनुवाइ टुंगिएको थिएन ।

यसअघि राजदूत नियुक्तिका लागि सिफारिस गरिएका १३ जनामध्ये १० जनाको नाम समितिले अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने अस्वीकृत भएको थियो ।

वार्षिक कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयलाई सरकारको निर्देशन

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछ : मन्त्री पोखरेल

विपद्का बेला दूरसञ्चार सेवा तयारी अवस्थामा राख्न मन्त्री तिमिल्सिनाको जोड

जलवायु परिवर्तनका समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

न्यायाधीशमाथि महाअभियोग : सत्तापक्षको निर्णय कुर्दै कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन् ।

सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए ।

उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टी र संसदीय दलबीच स्पष्ट समझदारी हुनुपर्नेमा जोड दिए ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विश्वसनीय धारणा र तयारीसहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा निर्णयमा पुग्ने उनको भनाइ थियो । उनले संसद्मा हुने सकारात्मक काममा प्रतिपक्षी दलहरूको सहयोग रहने पनि स्पष्ट पारे ।

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झै बनाए

घुसकाण्डबारे बोल्यो सर्वोच्च : जवाफको पाँच बुँदामा के छ ?

प्रतिपक्षीको एकै स्वर- अध्यादेशबाट होइन, संसद् बैठक बोलाऔँ

आरोप निराधार रहेको गगन सचिवालयको दाबी, सरकारले भ्रम फैलायो

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइँदै

बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाइएको छ ।

करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएर तीन वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने पुलको अहिलेसम्म काम सुरु नहुँदा ठेक्का रद्द भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो । विसं २०७८ माघ ११ गते बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्न बूढीगङ्गा नदीमाथि ‘मौरे पुल’ निर्माण गर्न ठेक्का सम्झौता भएको थियो ।

महाकाली पुल योजना महेन्द्रनगरले काठमाडौँस्थित बिकोई बिल्डर्स प्रालिसँग १६ करोड २१ लाख ७८ हजार ६० मा २०८१ फागुनभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

तर, पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समय अवधि समाप्त भइसक्दा पनि काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालयले ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

मझिमटारमा आकाशे पुलको गर्डर राखिँदै, पृथ्वी राजमार्ग तीन घण्टा बन्द

यारी भन्सारबाट लक्ष्यभन्दा तीन गुणा बढी राजस्व संकलन

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी, तेहरानले दियो कडा प्रतिकारको जवाफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने चेतावनी दिएपछि मध्यपूर्वमा फेरि तनाव बढ्ने संकेत देखिएको छ । इरानले भने अमेरिकाले नयाँ आक्रमण गरे त्यसको जवाफ पहिलेभन्दा व्यापक र निर्णायक हुने चेतावनी दिएको छ ।

अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै आइतबार आयोवामा आयोजित चुनावी सभामा ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने संकेत गरेका हुन् ।

‘इरानसँगको विषय टुङ्ग्याउन नसक्नुको एउटै कारण म संयमित हुन चाहनु हो । कुनै समयमा हामीले उनीहरूलाई कडा प्रहार गर्नुपर्ने हुन्छ,’ ट्रम्पले भने ।

ट्रम्पको अभिव्यक्तिपछि इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले अमेरिकाले आक्रमण गरे तत्काल र निर्णायक प्रतिकार गरिने बताएका छन् ।

इरानको अर्धसरकारी मेहर समाचार संस्थाका अनुसार उनले इरानको पहुँचभित्र रहेका अमेरिकी सैन्य अखडा, उपकरण, कर्मचारी र स्वार्थलाई निशाना बनाउन सकिने चेतावनी दिएका छन् । सम्भावित नयाँ युद्ध अघिल्लोभन्दा लामो समयसम्म चल्न सक्ने उनको भनाइ छ ।

रुस र युक्रेनका आपतकालीन चेतावनी प्रणालीमा साइबर हमला, झुटा सूचना फैलाइयो

युगान्डाले सोमालियाबाट सेना फिर्ता गर्न थाल्यो

अमेरिकाले १५० भन्दा बढी अफगान नागरिकलाई निर्वासन गर्ने तयारी गरेपछि तालिबानको चिन्ता

इरानसँग युद्ध अन्त्य हुने संकेतपछि विश्व बजारमा तेलको मूल्य घट्यो

भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु

मध्यावधि चुनाव : रिपब्लिकनको पकड रहेका पाँच राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि

निर्वाचन नजिकिँदै गर्दा अमेरिकी किसानलाई १५ अर्ब डलरको राहत घोषणा














प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ७ : ५४ बजे

सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

काठमाडाैं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार

स्विट्जरल्याण्डको स्विस नेशनल काउन्सिलका राष्ट्रपति नेपाल भ्रमणमा

काठमाडाैँ – स्विट्जरल्याण्डको स्विस् नेशनल काउन्सिलका राष्ट्रपति ६ सदस्यीय संसदीय

माग्रीभिरको कडा चट्टान छिचोलियो : सडक सञ्जालमा पहुँच हुने आशा

मुगु– गमगढी-नाक्चेलाग्ना सडकअन्तर्गत मुगुम कार्मारोङ गाउँपालिकाको माग्रीभिरमा रहेको करिब ३००