भिन्चेन्जो अल्बर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त « Khabarhub

भिन्चेन्जो अल्बर्टो एनेस राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल सङ्घ एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

एन्फाको आज बसेका बैठकले एनेसलाई नियुक्त गर्ने निर्णय गरेको हो । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामापछि रिक्त रहेको प्रशिक्षक पदमा एनेसलाई नियुक्त गरिएको हो । नवनियुक्त प्रशिक्षक एनेस यसअघि बेलिजको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षक थिए ।

यसअघि नेपालले घरेलु मैदानमा आयोजना भएको बङ्गलादेश र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलका लागि क्रमशः प्रदीप हुमागाईं र सहिद स्मारक ए डिभिजन लिगको साविकको विजेता मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवाललाई कार्यवाहक प्रशिक्षणको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : ३० बजे

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६१ वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय

गण्डकीका ३५ सहकारी खारेज

गलकोट– सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका

राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।