पेट्रोलियम पदार्थको मूल्य नघट्ने « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य नघट्ने


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले बुधबार विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ ।

यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा तीन रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसाले लागत घटेको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले बढेको छ । पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ७ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै