‘उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ’ « Khabarhub

‘उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ’


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताएका छन् ।

आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी कार्यालयमा उपराष्ट्रपतिको उम्मेदवार ल्याउन जसपा स्वतन्त्र छ कि कांग्रेसको केही इच्छा छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता सिंहले राष्ट्रपतिको निर्वाचनपछि त्यस विषयमा दलबीच परामर्श हुने बताए। 

उनले राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल हुने र जसपालाई उत्तम उम्मेदवार ल्याउन आग्रह गरिने बताएका छन् ।

नेता सिंहले पार्टी सभापति देउवालाई पाँच वर्ष प्रधानमन्त्रीमा एमालेले प्रस्ताव गरेको कुरा आफ्नो जानकारीमा नरहेको स्पष्ट पारे । कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेता आनन्द ढुङ्गाना प्रदेश सांसद शेषनारायण यादव, कुमारकान्त झा, धनुषा सभापति योगेन्द्र पजियारसहितको उपस्थिति थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  २ : ४३ बजे

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ

भूमिगत जल दोहनको असर : मधेसमा खानेपानी र कृषि दुवै संकटमा

काठमाडौं– जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा रहेको भूमिगत

अध्यक्षले दिएको निर्देशन कार्यान्वयन गर्छौँ : शेरधन राई

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राईले कोशी प्रदेशमा पार्टी अध्यक्ष