सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौँ प्रहरीको अनुरोध « Khabarhub

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौँ प्रहरीको अनुरोध


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाठौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताए ।

प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुव्र्यवहार नगर्न भनेको छ ।

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ८ : २७ बजे

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई