नेतृत्वले देश बनाउने संकल्प गर्नुपर्छ « Khabarhub

नेतृत्वले देश बनाउने संकल्प गर्नुपर्छ

हाम्रो काम गर्ने शैली बदल्नुपर्छ


२३ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देशको विकास नहुनुको दोष राजनीतिक दलमाथि लाग्ने गरेको छ। जनताले पटकपटक विश्वास गरेर सत्तामा पुर्याए पनि नेता जिम्मेवार नबनेको देखिन्छ। यसले जनतामा निराशा र आक्रोश बढ्दै गएको छ। दल सत्तामा केन्द्रित हुँदा जनजीविकाका सवाल ओझेलमा परेका छन्। दलीय समीकरण बन्ने र भत्किने शृङ्खला नै देखिन्छ। यो खालको राजनीतिक स्थिति किन सिर्जना भयो ? अब कस्तो राजनीति आवश्यक छ ? दलहरुले किन जनताको समस्या बुझ्दैनन् ? यी र यस्तै विषयमा आधारित रहेर नेपाली कांग्रेसका नेता गुरु घिमिरेसँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश:

बिहानीले दिनको संकेत गर्छ भनिन्छ। के तपाईंले राजनीतिक दल सच्चिएको संकेत पाउनु भएको छ ?
२०७९ साल मंसिरको संसदीय निर्वाचनको परिणामले फेरि पाँच वर्ष मुलुकको राजनीति अस्थिरतामै अडिने देखिएको छ। राजनीतिले नेतृत्व कुशलता देखायो भने राष्ट्रलाई विकासको अर्थात् सकारात्मक बाटोमा लिएर अगाडि बढनसक्छ। तर यो नेपालमा भएको छैन। नेपालको नेतृत्वले सुध्रिने अवसरको सदुपयोग गरेको पाइदैन। त्यसैले नेतृत्व तत्काल सुध्रिन्छ जस्तो मलाई लाग्दैन। कांगे्रसले गठबन्धन जोगाउन नसक्नु कांग्रेसको कमजोरी हो। कांग्रेसले बहुमत ल्याउन सकेन। गठबन्धनबाट बनेको सरकार अस्थिर हुने देखिएको छ। यसले सकारात्मक भन्दा नकारात्मब बाटो बढी समाएको देखिन्छ।

राजनीतिक स्थिरताको निम्त्ति कस्तो विकल्प अपनाउनुपर्छ जस्तो लाग्छ ?
सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति गलत छ। सहमतिकै आधारमा हाम्रो पार्टीको नेता प्रधानमन्त्री भयो भने सहमति तोडिन सक्छ। अढाई वर्षको सहमति गर्ने एक वर्षमा नै फाल्ने भएपछि विकासमा अवरोध हुन्छ। एक अर्कोमाथि आरोप प्रत्यारोप र अविश्वास बढेपछि राजनीतिमा अस्थिरता सिर्जना हुन्छ।

हाम्रो पद्धतिले प्रतिपक्षलाई किन कमजोर बनाएको छ ?
वास्तवमा कसैलाई पनि प्रतिपक्षलाई बाइपास गर्ने अधिकार छैन। कार्यकारी प्रमुखले धेरै बोल्ने नै होइन। जनताको आदेश अनुसार सरकार चलाउन हो। राम्रो काम गर भनेर जनताले पठाएका छन्। त्यसकारण जनतालाई ज्ञान दिनु भन्दा नेता आफूले ज्ञान लिनु अति आवस्यक छ। सल्लाह गरेर अगाडि बढ्ने वातावरण बनाएमा सरकार अगाडि बढन सहज हुन्छ।

दुई दुई महिनामा सरकार परिर्वतन गर्ने खेल जनताले कसरी स्वीकार गर्ने ?
अहिले पनि त्यस प्रकारको नकारात्मक असर भएको छैन। राष्ट्रपति कांगे्रसले पाएको छ। केपी ओली र शेरबहादुरको पनि कुरा भयो। प्रचण्ड र आठ दल सहमत भएर गरेको कार्य हो। सरकारमा एमाले र राप्रपा थिए। यसले प्रश्न उठाएको थियो। अहिले परिस्थिति फेरिएको छ।

राजनीति किन अर्थपूर्ण हुन सकेन ?
नेताहरुलाई प्रणाली ल्याइदिए पुग्ने भयो। एक थान सविधान बनाए पुग्छ भन्ने मानसिकता देखियो। सरकार बनाएर मात्र हुँदैन। राजनीतिको उद्देश्य वा लक्ष्य जनताको जीवन बदल्ने हो। देशलाई भौतिक रुपमा समृद्ध बनाउने, देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने हो। आज दुनियाँ भरमा हाम्रो छवि, प्रतिष्ठा कति छ ? त्यसमा हामीले ध्यान दिएका छैनौं। यसमा हाम्रो ध्यान जानु जरुरी छ। हाम्रा छिमेकी राष्ट्रसँग सम्बन्ध सुमधुर छ भन्ने नै लाग्छ। देश अगाडि बढाउन तीन वटा सवाल महत्त्वपूर्ण हुन्छन्। सरकार, जनताको समर्थन, छिमेकीसँगको सम्बन्ध राम्रो हुनुपर्छ। यी तीनवटै सवालले मेल खाएको देखिँदैन। त्यसले राजनीतिप्रति जनताको भरोस हराएको छ।

२०४८ सालदेखि एउटा व्यक्तिले जितिरहेको छ। यसले अब जे गरे पनि हुन्छ भन्ने सोच नेतामा देखिएको हो ?
हाम्रो दुई वटा सम्पदा हुन्। एउटा प्राकृतिक अर्को धार्मिक सम्पदा। विश्वका दुई प्रतिशत हिन्दू मात्र नेपाल ल्याउन सके देशको आर्थिक विकास हुनसक्छ। विश्वमा रहेका बौद्ध धर्म मान्ने मान्छेलाई ल्याउन सके अझ धेरै पर्यटनको क्षेत्रबाट आर्थिक विकास गर्न सकिन्छ। एक प्रतिशत मात्र बौद्ध धर्म मान्ने मान्छेलाई लुम्बिनीमा ल्याउन सके राम्रो हुन्छ। सांस्कृतिक र धार्मिक पर्यटनलाई हामीले प्राथमिकता दिनुपर्छ।

तपाईंको विचारमा मुलुक कसरी बनाउन सकिन्छ ?
हामीले काम गर्ने शैली बदल्नुपर्छ। त्यसको लागि मुख्य खेलाडी भनेको राजनीतिक दल नै हुन्। अहिले जो नेतृत्वमा छन् उनीहरुलाई यो मौका पनि हो। अब दलहरु सुध्रिनुको विकल्प नै छैन। देश बनाउने अठोट नै चाहिन्छ। सम्पूर्ण स्वार्थबाट उठेर मात्र देश बनाउने संकल्प गरेर अगाडि बढ्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलबार  १२ : ४५ बजे

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका