बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद « Khabarhub

बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट– बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताए ।

बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपित विरुद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतको २०७९ असार २३ गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : ३४ बजे

‘भूमिहीनलाई भूमि दे’ भन्दै श्रम संस्कृति पार्टी माइतीघरमा

काठमाडौं- सुकुम्बासी तथा अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरेको आरोप लगाउँदै

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जीपीएस जडान गर्नुपर्ने

नारायणगढ– जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा

इरानी जहाजमा अमेरिकी आक्रमण, छ जना घाइते छ बेपत्ता

एजेन्सी– ओमानको बन्दरगाह सहर खसाब नजिकै छ वटा इरानी कार्गो

कानून दोषीका लागि भय र निर्दोषको सहारा बन्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा– नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी