बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद | Khabarhub Khabarhub

बालिका बलात्कार मुद्दामा वृद्धलाई १२ वर्ष कैद


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलकोट– बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै ३० हजार रुपैयाँ क्षतिपूर्ति प्रदान गर्न आदेश दिएको जिल्ला अदालत बागलुङका इजलास अधिकृत गङ्गाधर सापकोटाले बताए ।

बागलुङको निसीखोलाका वृद्धले २०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।

प्रहरीले आरोपित विरुद्ध २०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई अदालतको २०७९ असार २३ गतेको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार बागलुङमा थुनामा पठाइएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ६ : ३४ बजे

दुई करोडले बढ्यो हनुमानढोका दरबार क्षेत्रको राजस्व

काठमाडौं– गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा

एमालेको विधान महाधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले उद्‌घाटन गर्ने 

काठमाडौं– नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र

कङ्गोमा इबोलाको नयाँ प्रकोपले १५ जनाको मृत्यु

किन्शासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीले इबोला भाइरसको नयाँ

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक