‘तिलोत्तमा गोल्ड कप’ को २२ औँ संस्करण चैत ४ गतेदेखि « Khabarhub

‘तिलोत्तमा गोल्ड कप’ को २२ औँ संस्करण चैत ४ गतेदेखि


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– बुटवलमा दुई दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको ‘तिलोत्तमा गोल्ड कप’को २२औँ संस्करण आगामी चैत ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।

विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमबीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्डकपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार एक सय ११ सहित कप, मेडल र प्रमाणपत्र र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद राशि प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार राशि प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्याद अफ दी म्याचले ११ हजार एक सय ११ नगद राशि प्राप्त गर्ने रूपन्देही जिल्ला फुटबल सङ्घका अध्यक्ष लोक पुनले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रतियोगिताको यस संस्करणमा करेन्ट रुपन्देही-११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल पुलिस क्लब, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदूरपश्चिम-११ गरी आठ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घका महासचिव हिमाल गौचनले जानकारी दिए । चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता संस्करण विसं २०७५ मा सम्पन्न भएको थियो । 

प्रतियोगिताबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा नेपाल फुटबल सङ्घका अध्यक्ष दीर्घबहादुर केसीले तिलोत्तमा गोल्डकप आयोजनाले खेलाडी तथा यस क्षेत्रमा लाग्ने प्रतिभालाई अवसर प्रदान गर्ने बताए । 

यस क्षेत्रकै पुरानो प्रतियोगिताका रूपमा रहेको तिलोत्तमा गोल्डकप तत्कालीन बुटवल नगरपञ्चायतले विसं २०३१ मा स्थापना गरी विसं २०३३ देखि प्रतियोगिता सुरु भएको थियो । 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ३० बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ