एमाले नेता बस्नेत र मेयर बालेनबीच के भयो कुराकानी ? « Khabarhub

एमाले नेता बस्नेत र मेयर बालेनबीच के भयो कुराकानी ?


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच भेटवार्ता भएको छ ।

आज भक्तपुरको गुण्डुस्थित नेता बस्नेत निवासमा भएको भेटवार्तामा महानगरप्रमुख बालेनले वर्तमान राष्ट्रिय राजनीतिदेखि विकासका विभिन्न १५ वटा विषयमा छलफल गर्दै यहाँको नमूना विकासका अवलोकनसमेत गरे। नेता बस्नेत र महानगर प्रमुख बालेनबीच काठमाडौँ र भक्तपुरको विकासमा सहकार्य गर्नुका साथै विकासमा देखिएको समस्या समाधानमा दुवैले सहयोग गर्ने सहमति बनेको छ ।

नेता बस्नेतले भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा नदीको बहाव परिवर्तन भई भक्तपुरतर्फ नदी बगिरहेको अवस्थामा प्रशासनको सहकार्यमा समस्या समाधान गरी मनोहरा करिडोर निर्माण गरेको उल्लेख गर्दै यहाँका १५ घर सुकुम्वासीलाई क्षतिपूर्ति दिन नपाएकाले करिडोर निर्माण पूरा हुन नसकेको बताए ।

स्मार्ट सिटी, भक्तपुरमा सुविधासम्पन्न ठूलो अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न काठमाडौँ महानगरपालिका र सूर्यविनायक नगरपालिकालाई आर्थिक तथा भौतिकरूपमा सम्पन्न गराउन सहकार्यका गर्न नेता बस्नेतले राख्नुभएको प्रस्तावमा बालेनले त्यस्ता कार्यमा सहकार्य गर्दै जाने बताएका थिए ।

प्रमुख शाहले सूर्यविनायक–धुलिखेल छ लेन सडकको स्तरोन्नति चाँडो सम्पन्न गराउन पाए काठमाडौँ उपत्यकामा यातायात आवातजावतमा सहजता हुने धारणा राखे । नेता बस्नेतले राज्यको शून्य लगानीमा सूर्यविनायक धुलिखेल सडकको सर्भिस ट्र्याक निर्माण गराउन सफल भएको भन्दै सडक निर्माण छिटो सम्पन्न हुनेमा विश्वास रहेको बताए।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : ३७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई