एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : ओली « Khabarhub

एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ : ओली


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठकाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना सकियो भन्न नसकिने बताएका छन् ।

बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव हुने बताए हुन् । 

‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । उनले बिहीबार निर्वाचित हुने नयाँ राष्ट्रपतिले देशको हितको रक्षा, लोकतन्त्रको रक्षा जनताप्रति उत्तरदायी र संविधानको रक्षकको रुपमा काम गर्नुपर्ने बताएका छन्  

त्यसैगरी ओलीले आफ्ना स्वार्थका लागि काम गर्नेहरूले यसअघि राष्ट्रपतिको विरोध गरेको टिप्पणीसमेत गरेका छन् । यसअघिको दुई राष्ट्रपति मध्ये पछिल्लो राष्ट्रपतिले अत्यन्तै राम्रो काम गरेकाले नै स्वार्थी तत्वहरूले धेरै विरोध गरेको उनको भनाइ छ

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १ : ५४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा