राष्ट्रपति पौडेललाई नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बधाई | Khabarhub Khabarhub

राष्ट्रपति पौडेललाई नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा बधाई


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जनसम्पर्क समिति अमेरिकाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । एक विज्ञप्ति जारी गर्दै सम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

‘नेपालको तेस्रो राष्ट्रपतिका रुपमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पौडेलको जितले गौरव बढाएको महसुस भएको छ। पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गछौं’ विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले राष्ट्र हितलाई केन्द्रमा राखेर काम गर्नुहुनेमा हामी सबै विश्वस्त छौं।’ राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले पौडेललाई  राष्ट्रलाई सर्वोपरि राखेर काम गर्नसमेत उनले सुझाव दिएका छन् ।

पौडेलको अभिभावकत्वमा संघीय लोकतान्त्रीक गणतन्त्र थप मजबुत हुने विश्वास आफूहरूको रहेको विष्टले बताए । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ५१ बजे

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश समाजको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन

पत्रकार पाठकलाई प्रहरीले भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको