‘पायल्स आफै क्यान्सरमा परिणत हुँदैन’ « Khabarhub

‘पायल्स आफै क्यान्सरमा परिणत हुँदैन’

सागपात फाइबर युक्त खाना बढी खाने


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसले आफूमा भएको पायल्सको समस्या लुकाउने र डाक्टरको सल्लाह लिन डराउने वा लजाउने गर्छन्। यसरी रोग लुकाउँदा पछि गएर यसले झन् ठूलो समस्या निम्त्याउने चिकित्सकको भनाइ छ। मानिसले लामो समयसम्म दिसा रोक्दा र ट्वाइलेट गर्दा धेरै समय बस्दा पनि पायल्सको समस्या हुनसक्छ । पायल्स हुनेहरूमा दिसा आएजस्तो हुने तर दिसा बस्दा नआउने समस्या पनि देखा पर्नसक्छ । समय भन्दा बढी कसैले पनि दिसा रोक्नु हुँदैन यसले शरीरमा धेरै समस्या आउन सक्छ। त्यस कारण सबैले बिहान उठेर दैनिक दिसा गर्ने बानी बसाल्नु पर्छ। यसै विषयमा आधारित रहेर पायल्स रोग विशेषज्ञ डा. पवन सिंह भाटसँग खबरहबका गरिएको कुराकानीको सम्पादित अंश :

पायल्स रोग के हो ?
मलद्वार वरिपरिका नशाहरू फुलेर मलद्वारको वरिपरि देखिने रोगलाई पायल्स भनिन्छ। पायल्स धेरै कारणले लाग्छ। विशेष गरेर खानपान र जीवनशैलीको कारणले यो समस्या हुन्छ। पायल्सको मुख्य कारण भनेको कब्जियत हो। पायल्स हुँदा मलद्वारको भित्री र बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो देखा पर्दछ। जुन दिसा गर्दा, बस्दा बाहिर निस्कने र भित्र छिर्ने गर्दछ। खानपानको ध्यान नगर्ने, बाथरुममा धेरै समय बिताउनेमा यो समस्या धेरै देखिन्छ। ठूलो आन्द्रामा समस्या भयो भने पनि पायल्स देखिन्छ। पायल्स आफै क्यान्सरमा परिणत हुँदैन। पहिला नै वा सुरुमा नै उपचार गर्न सकियो भने सहजै निको हुन्छ।

पायल्सका लक्षण के के हुन् ?
– नियमित दिसा नलाग्नुः कसैलाई दैनिक रूपमा दिसा लाग्दैन र लागे पनि सहजै खुल्दै भने पायल्स भएको हुनसक्छ।
– दिसा बस्दा मलद्वारबाट रगत दिसामा देखा पर्नु। दिसा बस्दा मलद्वारबाट रगतको साथै मासुको डल्लो जस्तो देखा पर्नु पायल्स हो।
– मलद्वार दुख्ने, पोल्नेः दिसा गर्ने समय मलद्वार दुख्ने पोल्ने समस्या पनि पायल्समा हुन सक्छ।

पायल्स हुने कारण केलाई मान्न सकिन्छ ?
पायल्सका विभिन्न कारण हुन्छन्। त्यसमध्ये केही महत्वपूर्ण कारण रहेका हुन्छन्।
– कम पानी पिउँदा
– हरियो सागपात भन्दा बढी मात्रामा माछा मासु, सुख्खा खाना र बाहिरका खाना खाँदा
– तनाव र अनिन्द्रा
– नियमित दिसा नगर्दा
– गर्भावस्थामा धेरै व्यायाम गर्नेमा हुन्छ।
– माथि ठूलो आन्द्रामा समस्या भएर पनि पायल्स हुन्छ।

रोकथामका उपाय केही छन् कि ?
घरेलु उपचार विधिबाट पनि यसलाई रोकथाम गर्न सकिन्छ। स्वास्थ्य जीवनका लागि नियमित व्ययाम आवश्यक हुन्छ त्यसले पनि यसको समस्या समाधान गर्न सकिन्छ। रोकथामका उपायलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ :
– खानपानमा विशेष ध्यान दिने। जस्तो चिल्लो अमिलो तारेका खाना नखाने।
– बाथरुममा धेरै समय नबस्ने।
– दैनिक रूपमा दिसा गर्ने बानी बसाल्ने।
– पानी प्रशस्त मात्रामा पिउने।
– सागपात फाइबर युक्त खाना बढी खाने।
– धूम्रपान, मद्यपानको सेवन नगर्ने।
– मैदाबाट बनेका खाना र अदुवा नखाने।
– दिसा गरेपछि धेरै नै रगत बग्यो र रक्त अल्पता भयो भने चिकित्सकलाई भेटेर भित्री र बाहिरी पायल्स के हो पत्ता लगाएर औषधि प्रयोग गरेर र सर्जरी गरेर पनि उपचार गरिन्छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : १७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको