जाडो यामपछिको युक्रेनी आत्मविश्वास | Khabarhub Khabarhub

जाडो यामपछिको युक्रेनी आत्मविश्वास


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

‘जाडो याम एकदमै कठिन थियो। सायद अब कठिन हुँदैन’, युक्रेनका राष्ट्रपति भालाडोमिर जेलेन्सकीले भने। जेलेन्सकीले यसो भन्नुका बाबजुद पछिल्लो समय रुसी सेना आक्रामक भएको छ। युक्रेनमा समस्या थपिएका छन्। स्प्रिङ आइ सकेको छ। तथापि जाडो पूर्ण रूपमा हटिसकेको छैन।

यो मिसाइल आक्रमणका कारण अब विद्युत् आपूर्ति लगायत सबै कुरामा समस्या थपिएको छ। लगातार तीन साता ब्ल्याक आउट त भएको छैन। तर, समस्या थपिएका छन्। अहिले आपूर्तिमा पनि कुनै समस्या छैन। अबको रुसी नीतिले युक्रेनको जनजीवनमा कस्तो समस्या हुने हो त्यो प्रतीक्षाको विषय हो।

झट्ट हेर्दा युक्रेनमा हाहाकार मच्चिएको छैन। युद्धको समयमा ऊर्जा संकट नै नहुने भन्ने पनि होइन। तर पनि जसरी रुसले सोचेको थियो, त्यस्तो खराब अवस्था पनि आएको छैन। यसै कारण युक्रेनको आत्मविश्वासमा कमी भने भएको छैन। तर, आन्तरिक अवस्था फरक छ। आधा ऊर्जा केन्द्र नास भएका छन्। अवस्था गम्भीर छैन। तर, यसको नजिक पुगिसकेको छ।

झट्ट हेर्दा युक्रेनमा हाहाकार मच्चिएको छैन। युद्धको समयमा ऊर्जा संकट नै नहुने भन्ने पनि होइन। तर पनि जसरी रुसले सोचेको थियो, त्यस्तो खराब अवस्था पनि आएको छैन।

अहिले रुसले आश्चर्यजनक रूपले हतियार प्रयोग गरेको छ। बिहीबार ८१ वटा मिसाइल आक्रमण गरेका रुसले चार राज्यलाई आफ्नो निसाना बनाएको छ। शुक्रबारदेखि युक्रेनको दोस्रो ठूलो सहर खार्कीभमा आधा जनसङ्ख्या ऊर्जा सङ्कटको सामना गरे। खार्किभको ओलेस्कीले अत्यन्त जाडोको सामना गरिरहेको बताए। उनको मोबाइलको ब्याट्री पनि सकिन आँटेको छ। नसकियोस् पनि किन चार्ज गर्न पाएको भएको टिक्ने थियो।

ब्याट्री चार्ज गर्न मिल्ने एउटा ठाउँ छ। त्यहाँ ५ सय जनासम्म लाइन लागेर बसेका छन्। सबै जनासँग यो उपाय पनि छैन। किभको एउटा अस्पतालमा सात सय जना छन्। उनीहरू अहिले पनि चिसोको महसुस गरिरहेका छन्। उनीहरूले तातो पानी पनि पाएका छैनन्।

बेलारुसको सीमाबाट दुई घण्टाको मोटर यात्रामा रहेको झाइटिमोरमा १५ हजार मानिस ऊर्जा सङ्कटबाट गुज्रिएका छन्। त्यहाँका मेयरले अर्को साता अझ अवस्था खराब हुन सक्ने चेतावनी दिएका छन्। त्यहीँ बसोबास गर्ने युइगेन हेस्यामुचक भने अब घाम लाग्न सुरु हुने तथा खराब दिनको अन्त्य हुनेमा आशावादी छन्। उनी भन्छन्, ‘हामीले कुनै आक्रमण र ऊर्जा केन्द्रमा विना कुने संकट तीन साता बितायौ। यसले स्थानीय अधिकारीलाई ट्रली बस र लोकल बस सञ्चालन गर्न सहज अवस्था निर्माण पनि गरेको थियो। यसको केही समय अगाडि पब्लिक यातायात चलेका थिएनन्।’

यो गम्भीर समस्याका बाबजुद आत्मविश्वास नडगमगाएका युक्रेनीको सङ्ख्या त्यत्तिकै छ। एउटा नेटवर्क संस्थामा आबद्ध टाटीयाना कोब्या त युक्रेनले यो ऊर्जामाथि प्रहार गरेर जित्ने रुसी योजनालाई परास्त गरिसकेको बताउँछन्। उनले अहिलेको समयमा अन्तर्राष्ट्रिय समुदायले सहयोगको भने अपेक्षा गरेका छन्। यस युद्धमा संसारका धेरै देशको युक्रेनलाई सहयोग रहेको छ। उनीहरू अहिलेको समयमा सहयोग भए आगामी दिन सहजै पार गर्ने बताउँछन्। उनले सबैभन्दा खराब दिन गइसकेको बताएका छन्। ओलेस्कीकै विचारमा अबको लडाय बाँकी रहेका र बचेका ऊर्जा केन्द्र बचाउने नै हुने छ।

बेलारुसको सीमाबाट दुई घण्टाको मोटर यात्रामा रहेको झाइटिमोरमा १५ हजार मानिस ऊर्जा सङ्कटबाट गुज्रिएका छन्। त्यहाँका मेयरले अर्को साता अझ अवस्था खराब हुन सक्ने चेतावनी दिएका छन्।

अहिलेसम्म आधा केन्द्र नास भए पनि जाडो हराउँदै जाँदा धेरै संकट नआउन सक्छ। तर, बाँकी रहेका केन्द्र पनि रुसले नास गरेमा गर्मी याममा पनि समस्या आउन सक्ने छ।
गत अक्टोबरमा रुसले ऊर्जा केन्द्रको संरचनामा प्रहार गर्ने नीति लिएको थियो। त्यसपछि धेरै केन्द्रका थर्मल र हाइड्रो इलेक्ट्रिक प्लान्ट नास भएका छन्। किभमा रहेको सबैभन्दा ठूलो ऊर्जा केन्द्र झाम्पोझारिया त सुरुवातमा नै गुमाएको थियो। त्यो अहिले रुसको हातमा छ।

धेरै सब स्टेसन अहिले बेकामी भएर बसेका छन्। घर घरमा आपूर्ति गर्न तिनीहरू सक्षम भइसकेका छन्। त्यसो त अहिले विगतमा नास भएका यी सबैलाई बनाउने काम पनि नियमित रूपमा भइरहेका छन्।

किभका एउटा ऊर्जा केन्द्रमा ६ पटक आक्रमण भएको रहेछ। त्यहाँ ड्रोनबाट पनि आक्रमण भएको छ। यसलाई बनाउन लामो समय लाग्ने छ। ट्रान्सफर्मर युक्रेनले पहिलो आवश्यकता बनेको छ। युक्रेनको आवश्यकता अनुसार संसारमा उत्पादन हुन नै कठिन छ। हालसालै एउटा हाइ भोल्टेज ट्रान्सफर्मर त्यहाँ पुगेको छ। दर्जनौँ कम क्षमताका मेसिन पनि त्यहाँ पुगे।
जाडो सिजन गएपछि युक्रेनका सेनामा पनि एक किसिमको आत्मविश्वास बढ्ने नै छ। यो साता ३४ मिसाइल नास भए। रुसले उच्च स्तरको हाइपरसोनीक केएच–४७ र मिन्जल मिसाइल लगायत प्रयोग गरेको छ। एक अधिकारीका अनुसार उनीहरूले अझ ठुलो नास गर्न सक्छन्।

सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण रूपले युद्धको सुरुवात गरेपछि चार वटा पाउर स्टेसनमा १५ न्युक्लीयर रेक्टरको आक्रमण भएको छ। ती मध्य ६ न्युक्लीयर रेक्टर त झाँपोझारियामा भएका थिए। आक्रमणको सुरुवाती दिनमा नै यो स्थान रुसी सेनाले कब्जामा लिएको थियो।

किभका एउटा ऊर्जा केन्द्रमा ६ पटक आक्रमण भएको रहेछ। त्यहाँ ड्रोनबाट पनि आक्रमण भएको छ। यसलाई बनाउन लामो समय लाग्ने छ।

मस्कोको चाहना त्यसलाई नास गर्ने थिएन। कब्जामा लिएर आफ्नो देशको ऊर्जा पथसँग जोड्ने भन्ने हो। अन्य तीन ऊर्जा केन्द्र दक्षिणी युक्रेन, रिभ्ने र खेमेल्नेस्टीमा पनि सुरुवाती दिनमा नै आक्रमण गरिए। तिनीहरूले नै युक्रेनको आधा ऊर्जा उत्पादन गर्ने गरेका छन्।
त्यहाँका केही पावर प्लान्ट भने पुर्न निर्माण भइसकेका छन्। केही पुर्न निर्माणको क्रममा छन्। डिनिप्रोमा पनि यसैगरी मिसाइल आक्रमण भएको थियो। अहिले भने त्यो स्थान शान्त छ। पछिल्लो समय डिनिप्रोमा कुनै संकट छैन।

‘यो सहर रूपान्तरण भएको छ। सडकका बत्तीहरू बलेका छन्। सहरको बाटोमा हिँड्न कुनै कठिनाइ छैन,’ दुई वर्षीया छोरा साथमा लिएकी इना स्टान्को भन्छिन्। उनको जीवनमा सामान्य रूपले खाना पकाउने र तातो पानीमा नुहाउने दिनचर्या फर्किएको छ। उत्साहित हुँदै उनी भन्छिन्‘ हाम्रो मानसिक अवस्था फेरिएको छ। किनभने हाम्रो दिनचर्यामा पनि परिवर्तन आएको छ। हाम्रा परिवार अन्य आमाले पनि सहज कम गर्न सक्ने भएका छन्।’

खेर्सनको कथा पनि डि निप्रोको भन्दा खासै फरक छैन। रुसी आक्रमणका कारण जीवन अत्यन्त कठिन बनेको थियो। अहिले त्यो कठिनाइ विस्तारे हट्दै गएको छ। अहिले त्यहाँ विस्तारै आपूर्ति बढाइँदै लगिएको छ। त्यसो त युद्ध सुरु भएपछि धेरै जनाले ती स्थान पनि छाडेकाले पहिलेको भन्दा कम खपत पनि हुन सक्छ।

धेरै युक्रेनीको ठहर छ ,‘हामीले इनर्जी वार जितेका छैनौ। तर यस जाडोको इनर्जी ब्याटल जितेका हौ। ’उनीहरूको आत्मविश्वास नै सायद अबको दिनमा महत्त्वपूर्ण शक्ति बनेर निस्कने छ।

पछिल्लो समयको मिसाइल आक्रमणको कारण नास भएका स्थानपछि छिटो तयार हुनेमा उनीहरू आशावादी छन् नै। इन्जीनीयरको क्षमता पनि यसरी बढेको छ कि उनीहरू एकदमै छोटो समयमा सबै काम गर्न सक्छन्। किभ इनर्जी इन्डस्ट्री रिसर्च सेन्टरका अलेक्जेन्डर खार्चेन्को अहिले एउटा प्रतिस्पर्धा नै भई रहेको बताउँछन्। रुसले चाँडो नास गर्न चाहन्छ। युक्रेन जत्ति सक्दो चाँडो त्यो बनाउन चाहन्छ।

धेरै युक्रेनीको ठहर छ ,‘हामीले इनर्जी वार जितेका छैनौ। तर यस जाडोको इनर्जी ब्याटल जितेका हौ। ’उनीहरूको आत्मविश्वास नै सायद अबको दिनमा महत्त्वपूर्ण शक्ति बनेर निस्कने छ। स्रोतः बीबीसी

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : २२ बजे

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख

कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकबीच भेटवार्ता

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकबीच

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

गण्डकी प्रदेशस्तरीय ‘अन्डर–१९’ क्रिकेटमा कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’