हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्म थपियो « Khabarhub

हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने म्याद ३० गतेसम्म थपियो


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय  थप गरेर अभियानलाई निरन्तरता दिएको छ  ।

यसअघि फागुन २५ गतेसम्म हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो ।

कर्णाली प्रदेशबाहेक मुलुकका  १५  जिल्लामा गत फागुन  ११  गतेदेखि  २५  गतेसम्म  हात्तीपाइलेविरुद्ध   औषधि   खुवाउने   अभियान सञ्चालन भइरहेको थियो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने छ ।

जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको  बाँके, कपिलवस्तु र दाङ,  सुदूरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य  संस्था, सामुदायिक  भवन,  विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ५९ बजे

रवि, बालेन र कुलमानबीच भएको सहमतिमा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता