उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय « Khabarhub

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ ।

राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न कानुन बाधक रहेको जिकिर गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले दाबी विरोध गरेका थिए । तर, रामसहाय यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निर्णय गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

संविधानअनुसार फरक लिंग वा समुदायको हुने व्यवस्था गरेकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निष्कर्ष निकालेको उनले बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १ : १६ बजे

इरान–अमेरिका ओमान वार्ता तयारी

एजेन्सी– घातक विरोध प्रदर्शनको पृष्ठभूमिमा इरान र संयुक्त राज्य अमेरिका

एमाले अध्यक्ष ओली चुनावी अभियानका लागि झापा जाँदै

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्याह्न गृहजिल्ला

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक

रौतहट दुर्घटनाबारे रास्वपाले भन्यो : बालिकाका परिवारलाई राहत र न्याय दिलाउँछौँ

काठमाडौं- रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट