आईसीसी लिग २ क्रिकेट : नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित « Khabarhub

आईसीसी लिग २ क्रिकेट : नेपालद्वारा यूएई १ सय ७७ रनको विशाल अन्तरले पराजित


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले यूएईलाई १ सय ७७ रनको विशाल अन्तरले पराजित गरेको छ ।

यस जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पनि जोगाएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै केबल ७१ मा समेटियो । नेपालका लागि ललित राजवंशीले ५ विकेट लिए ।

त्यसैगरी, सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए । त्यसैगरी, आरिफ शेखले ५२ बलमा ४३ रन बनाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ३ : ३६ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५