पपुवा न्युगिनीमाथि नेपालको शानदार जित | Khabarhub Khabarhub

पपुवा न्युगिनीमाथि नेपालको शानदार जित


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा सोमबार भएको खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)माथि शानदार जित निकालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमै भेट्टाएको हो ।

नेपालका लागि सर्वाधिक आसिफ शेखले २१ बलमा ८ चौका र ३ छक्काको मद्दतले ५३ रनको अर्धशतकीय पारी खेल्दै नटआउट रहेका थिए । कुशल भुर्तेलले १४ बलमा ३३, कुशल मल्लले १३ बलमा १२ रन जोडेका थिए ।

 यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरको समाप्तिमा अलआउट हुँदै ९५ रन मात्र जोड्न सफल भएको थियो ।  पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए । 

ललित राजवंशी र कुशल मल्लले दुई दुई र सोमपाल कामीले एक विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : ०० बजे

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ