कुष्ठरोग नियन्त्रणमा चुनौती, विभेदकारी कानुन हटाउनुपर्ने माग « Khabarhub

कुष्ठरोग नियन्त्रणमा चुनौती, विभेदकारी कानुन हटाउनुपर्ने माग


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कुष्ठरोग उन्मूलनको घोषणा गरे पनि नियन्त्रणमा भने चुनौती देखिएको छ । कुष्ठरोग स्वास्थ्य समस्यासँगै सामाजिक समस्या रहेकाले यसको अन्त्यका लागि विभेदकारी कानुन संशोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । 

२५औं अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा काठमाडौंमा एशोसिएसन फर आइडिया नेपालले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरूले कुष्ठरोग निवारणका लागि राज्यका सबै तह र तप्का संवेदनशील भएर आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । 

करिब तीन लाख सक्रिय संक्रमित कुष्ठरोगी रहेका र वार्षिक तीज हजार ५०० सम्म कुष्ठरोगी थपिने गरेको कार्यक्रममा जानकारी दिइयो ।सन् २०२३ मै नेपाललाई कुष्ठरोग उन्मूलन राष्ट्रको घोषणा गरिएको थियो । तर, कुष्ठरोग उन्मूलन राष्ट्रको घोषणा गरिए पनि अझै वार्षिक ३५ सयसम्म संक्रमित थपिँदा निवारणमा चुनौती थपिएको सरोकारवालाको भनाइ छ । 

देवानी संहिता २०७४ मा कुष्ठरोगसम्बन्धी केही कानुनी व्यवस्था संविधानको मर्मविपरीत रहेकोले यसलाई संशोधन गर्नुपर्नेमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य बद्री पाण्डेले जोड दिए । विवाहपछि कुष्ठरोग लागेमा सम्बन्धविच्छेद गर्न पाउने विद्यमान कानुनी व्यवस्थाले कुष्ठरोगीलाई विभेद गरेको भन्दै उनले कुष्ठरोगीलाई पारिवारिकमैत्री हुने गरी कानुन बनाउनुपर्ने र यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए । 

ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले पनि कुष्ठरोगीप्रति विभेदकारी कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए । उनले कुष्ठरोगी स्वास्थ्य समस्यासँगै सामाजिक समस्या पनि रहेकाले कानुन संशोधन गरेर रोगीमैत्री बनाउनुपर्नेमा उनको भनाइ छ । 

आइडिया नेपालका अध्यक्ष अमर तिमल्सिनाले कुष्ठरोगसम्बन्धी कानुनले विभेद गरेकाले यसलाई सम्बोधन गर्नुको विकल्प नरहेको बताए । बिनाभेदभाव समाजमा जीवनयापन गर्न पाउनु पर्नेमा नैसर्गिक अधिकार भए पनि विद्यमान कानुनले विभेद गरेको भन्दै उनले यसलाई हटाएर समानतासहित रोगी सम्मानजनक बाँच्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । 

एशोसिएसन फर आइडिया नेपालका अध्यक्ष दिनेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कुष्ठरोग नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ छाला रोगविज्ञ डा. रवीन्द्र बाँस्कोटा, सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकका बलराम नेउपाने, समाजसेवी पिमा घर्तीमगर, श्रीलंकाका रे, भारतका रामवराही साहसहितलाई सम्मान गरिएको थियो । 

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १ : १४ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण