वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा « Khabarhub

वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच विघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने कामसमेत गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरी वृक्षरोपण गर्ने महानगरको योजना छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुगेको हो । अतिक्रमित जग्गा वडा नं १७ का वडा सदस्य अमोद यादवसहित केही स्थानीयवासीले भोगचलन गर्दै आएका थिए ।

यादव एक्लैले आफ्नो नाममा रहेको सात कठ्ठा जग्गाको आडैमा रहेको चार बिघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नं १९ का वडाध्यक्ष मुकेशकुमार चौरसियाले बताए ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर मातहतमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नं १७ को पाँच बिघा जग्गा आफ्नो अधीनमा ल्याउन सफल भएको बताए ।

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्याङ्क नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उनले जानकारी दिए ।

अतिक्रमण भएको पाँच बिघाभन्दा बढी जग्गा एकैपटक अधीनमा ल्याएको यो पहिलो घटना हो । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : १८ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि