हुलाकी सडक निर्माणलाई गति दिन मेयर कोइरालाको निर्देशन | Khabarhub Khabarhub

हुलाकी सडक निर्माणलाई गति दिन मेयर कोइरालाको निर्देशन


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् ।

विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए।

विसं २०८० साउनभित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : १४ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल