विद्येयक पारित नगर्न मानव अधिकार सञ्जालको माग « Khabarhub

विद्येयक पारित नगर्न मानव अधिकार सञ्जालको माग


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले जघन्य अपराधका दोषी समेतलाई समग्र रुपमा उन्मुक्ति दिने गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्ने विद्येयक पेश गरेको भन्दै मानव अधिकार राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

द्वन्द्वकालीन घटनाका पिडकलाई दण्डित गर्ने र पिडीतको पिडालाई मलमपट्टी लगाउनेभन्दा पनि अन्तर्राष्ट्रिय मानव अधिकार र मानव अधिकार कानूनले समेत माफि मिनाहा दिन नमिल्ने अपराधका दोषीलाई उन्मुक्ति दिने गरी उक्त विधेयक पेश भएको सञ्जालले जनाएको छ ।

संशोधन विद्येयक यथास्थितीमा संसदबाट पारित हुँदा संविधानले परिकल्पना र व्यवस्था गरेको संवैधानिक सर्वोच्चता, विधीको शासन, स्वतन्त्र एवं सक्षम न्यायपालिका, मानवअधिकारजस्ता लोकतन्त्रका मूलभूत सिद्धान्त उल्लंघन हुने सञ्जालको ठहर छ ।

यसबाट सर्वोच्च अदालत एवं मानव अधिकार समितिले द्वन्द्वकालिन घटनाका सम्बन्धमा जारी गरेका फैसला र आदेश, नेपाल पक्ष भएका मानव अधिकार एवं मानवीय कानून, प्रचलित न्याय र न्याय प्रशासनसम्बन्धी कानून, सिद्धान्तसमेतको उल्लंघन हुन जाने सञ्जालले जनाएको छ ।

मानव अधिकार सञ्जालले विज्ञप्ति जारी गर्दै विद्येयक यथास्वरुपमा पारित नगर्न नगराउन संसद र नेपाल सरकारसमक्ष माग पनि गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै