आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि « Khabarhub

आन्दोलनका कारण बैंकिङ सेवा अवरुद्ध भएको भन्दै सिबिफिनको असन्तुष्टि


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाविरुद्ध जारी आन्दोलनले सेवा नै अवरुद्ध हुन पुगेको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ सिबिफिनले असन्तुष्टि जनाएको छ ।

सिबिफिनले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा क्षेत्रका रुपमा परिभाषित बैंक तथा वित्तीय संस्थामा किसिमका बन्द तथा हड्ताल जस्ता कार्यहरु गर्न नहुने नपाइने भएपनि सो को उल्लघंन गर्दै नियोजित रुपमा बैंकिङ्ग सेवा नै अवरुद्ध गराउन खोजेको आरोप लगाएको छ ।

विज्ञप्तिमा विभिन्न व्यवसायिक संस्थाहरुले २०७९ फागुण ३० गतेका दिन मकवानपुर जिल्ला, हेटौडास्थित कुमारी बैंकको शाखा कार्यालयलगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, अत्यावश्यक बैंकिङ सेवा लिइरहेका सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिनेजस्ता अत्यन्तै नियोजित गतिविधिहरुप्रति सिबिफिनले खेद जनाएको उल्लेख गरिएको छ ।

वार्ताका माध्यमबाट समस्याका समाधान गर्न पनि सिबिफिनले माग गरेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ४ : ५१ बजे

रास्वपाको महत्वपूर्ण चार बुँदे सूचनामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘पार्टी एकीकरण प्रक्रियाबाट जोडिएका

भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण

भोजपुर– जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट– चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको

एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता

काठमाडौं – नेकपा (एमाले)को बिहीबार सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि