स्ववियु निर्वाचन : आज देखि प्रचारप्रसार सुरु « Khabarhub

स्ववियु निर्वाचन : आज देखि प्रचारप्रसार सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् ।

ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न पाएका छैनन् ।

त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन । आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मश क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रचारप्रसार शान्त वातावरण भइरहेको छ ।

आचारसंहिताले निर्वाचनलाई व्यवस्थित बनाएपछि उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् । उम्मेदवारले आफ्नो पक्षमा माहोल बनाउनका लागि भेटघाटलाई तीव्र पारेका छन् ।

यस्तै उम्मेदवारले आफ्नो निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली ‘एफो’ साइजको कागजमा एकै रङ्ग भएको पर्चा मात्र प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आचारसंहितामा कडाइ गरेपछि निर्वाचनमा तडकभडक नभएको बताए । ‘उम्मेदवारले कुनै पर्चा, पम्पलेटजस्ता निर्वाचन सामग्री बनाउने बन्देज गरिएको छ’, उनले भने, ‘त्यसैले यसपटकको निर्वाचनमा तडकभडक छैन ।’

उम्मेदवारले भोलि चैत २ गते राती १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । उनले उम्मेदवारको प्रचारप्रसारका लागि सम्बन्धित क्याम्पसले एउटा कार्यक्रम गरी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउन नपाइने व्यवस्था गरिएको जानकारी दिए।

सुरक्षा व्यवस्थामा कडाइ

स्ववियु निर्वाचन हुने क्याम्पसमा प्रहरीलाई पनि तैनाथ अवस्थामा राखिएको छ । बिहानदेखि साँझसम्म शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि अहिलेदेखि नै प्रहरी परिचालन गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले देशभरिका क्याम्पसमा सुरक्षा व्यवस्था मजबुद बनाइएको बताए । उनले निर्वाचनसम्मका लागि प्रत्येक क्याम्पस बाहिर सुरक्षाकर्मी तैनाथका साथ खटेर सुरक्षा व्यवस्था गरिरहेको बताए । ‘अहिलेसम्म छिटफुट घटनाबाहेक त्यस्तो कुनै घटना घटेको छैन’, उनले भने, ‘स्ववियु निर्वाचन यसपटक अलि व्यवस्थित भएको छ ।’

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव दिपेश पुनले आचारसंहितामा कडाइ गरेकाले चुनावी प्रचारप्रसार शान्त भएको बताए । उनले उम्मेदवारले सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको बताए । त्रिवि केन्द्रीय क्याम्पसमा अनेरास्ववियुका तर्फबाट स्ववियु अध्यक्षका उम्मेदवार प्रशान्त विष्टले उम्मेदवारी दिएसँगै प्रचारप्रसारलाई तीव्रता दिएको बताए । उनले निर्वाचन आचारसंहिताका कारणले आफूले पनि तडकभडक नगरेको बताए ।

यी क्याम्पसमा निर्वाचन अझै सुरु हुन सकेन

स्ववियु निर्वाचन केही क्याम्पसमा भर्ना विवादको कारणले रोकिएको छन् । उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्वभाषा क्याम्पसमा भने निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । स्ववियु निर्वाचनका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : ४९ बजे

गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण : तीन दिन भारतमा के गर्छन् ?

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका

हारले राजनीति सकिँदैन, नयाँ सिराबाट अघि बढ्छु : गुरुराज घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा पराजित

महामन्त्री जितेपछि डिलाले भनिन्- कांग्रेसलाई एक बनाउन विशेष भूमिका खेल्छु

काठमाडौं– नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले छरिएका कांग्रेस एक बनाएर

बस अनियन्त्रित भई पल्टिँदा चालकसहित ७ जना घाइते

काठमाडौं– नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा

उपसभापतिमा पराजित भट्टराईले भने- अब अझ धेरैको भरोसा जित्न लाग्नेछु

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास