विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकताको घोषणा « Khabarhub

विप्लव र कर्णजित नेतृत्वको दुई पार्टीबीच एकताको घोषणा


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विप्‍लव नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकताको घोषणा भएको छ । 

बुधबार काठमाडौंमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरि दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको  स्थापना गर्नका र जनताको समृद्धि जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अघि बढ्ने सहमति गरेको दुई पार्टीले जनाएको छ ।

त्यस्तै दुई पार्टीले क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायत पार्टीहरूसँग पनि एकताका लागि छलफल जारी रहेको उल्लेख गरेका छन् । पत्रकार सम्मेलनमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसद्को गोलचक्कर र संसद्‌मा हराउने कम्युनिष्ट आन्दोलनले नेपाली जनताको हित र मुलुकको स्वाधीनताको रक्षा गर्न नसक्ने बताए ।

उनले जनयुद्ध लडेको मान्छेलाई अपराधिकरण गर्न खोज्दैमा कम्युनिष्ट पाटी नडराउने जिकिर गरे । विप्लवले ६३-६४ पछि माओवादीले उठाएका विषयहरू निष्कर्षमा पुग्न नसकेका कारण नै माओवादीलाई कमजोर बनाउने कोशिस भइरहेको बताए । त्यस्तै नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजित बुढाले नेपालको राजनीतिक संकटलाई समाधान गर्नका लागि कम्युनिष्ट क्रान्तिकारीहरू एक हुनुपर्ने बताए । उनले अव माओवादी क्रान्तिकारी शक्तिहरू एकैठाउँ आउनुपर्ने बताए ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ७ : ४४ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत