वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिन प्रधानमन्त्रीको निर्देशन


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुपरेको गुनासो आएको भन्दै सो निर्देशन दिएका हुन् ।

‘वैदेशिक रोजगारीमा जाने युवाले पासपोर्ट बनाउँदा, स्वास्थ्य परीक्षण गर्दा, अभिमुखीकरण तालिम लिँदादेखि अध्यागमनसम्म पाउने दुःख जटिल छ’, उनले भने , ‘कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस् । दुःख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र नियन्त्रण होस् ।’

प्रधानमन्त्रीले मन्त्रालयका वार्षिक स्वीकृत बजेट तथा कार्यक्रमका बाँकी काम समयमै सम्पन्न गर्न, मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण तथा विकास निर्माणमा सहजीकरण गर्न समेत निर्देशन दिए। उनले भने ,’विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, सेवा प्रवाह र सुशासन कायम गर्ने सवालमा आगामी दिनमा लाग्नुहुने नै छ । साथै केही विषयमा अझ सक्रियताका साथ कार्यसम्पादन गर्न पनि म निर्देशित गर्दछु ।’

गृह प्रशासनसँग सम्बन्धित विद्यमान नीति तथा कानुनलाई समसामयिक बनाउनेतर्फ आफू लाग्न र कार्य सञ्चालनसँग सम्बन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन तत्काल गर्न उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ४ : ४६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको