‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन खुला « Khabarhub

 ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन खुला


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड-२०२३’ को आवेदन गत बिहीबार खुला गरिएको छ । स्टार वान इन्टरटेनमेन्ट र विलक्षण क्रिएसनले आयोजना गर्दै आएको अवार्ड सन् २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एक वर्ष सरे पनि २०२० बाट नियमित रुपमा हुँदै आएको छ ।

इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाले नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको बताइन् । अवार्डमा सहभागी हुन चाहने गीतहरू सन् २०२२ जनवरी १ बाट सन् २०२३ फेब्रुअरी अन्तिम दिनसम्म सार्वजनिक भएको हुनु पर्नेछ ।

अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । 

फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

अवार्डमा भाग लिन चाहनेहरुका लागि चैत १ बाटै आगामी ३० चैतसम्म फारम खुला गरिएको अवार्ड संयोजक सरिता भारतीले बताइन् । यो अवार्डमा सहभागी हुन चाहनेहरूले फारम भरेर आगामी वैशाख २ गतेसम्म आयोजकलाई बुझाईसक्नु पर्ने छ । 

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : ०५ बजे

सरकार प्रश्नै प्रश्नले घेरिएपछि बालेन आफैं पुगे रवि निवास

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि

अन्नपूर्णको किम्रुङखोलामा बाढी

गण्डकी- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा बाढी आउँदा खोला

बालबालिकासम्बन्धी कसुरमा होटल सञ्चालक पक्राउ

चितवन– बालबालिकासम्बन्धी कसुरमा एक होटल व्यवसायी पक्राउ परेका छन् ।

गणेशको आत्मदाह : सरकारले बाटो बिराउँदा अर्को भयावह संकटको डिलमा देश

काठमाडौं- मुगुको सोरू गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले

बाटोघाटोको व्यवस्था छैन, सर्वसाधारणमाथि चर्को जरिवाना थोपरेर मर्न बाध्य बनाइयो : दुर्गा प्रसाईँ

काठमाडौं– राजावादी अभियन्ता दुर्गा प्रसाईँले सरकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश