नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री दाहालद्वारा बधाई « Khabarhub

नवनिर्वाचित उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री दाहालद्वारा बधाई


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् । 

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन् । ‘नेपालको उपराष्ट्रपति पदमा निर्वाचित भएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले भनेका छन् ।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा ९एमाले० का अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जनता समाजवादी पार्टी ९जसपा० नेपालसहित नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ५७ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी