साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी « Khabarhub

साउदी जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारी



दोहा – साउदी अरबको जेलमा रहेका अधिकांश नेपाली मदिरा कारोबारीमा पक्राउ परी जेल जीवन बिताइरहेको पाइएको छ ।

साउदीका जेलमा परेका अधिकांश  नेपाली रक्सी ओसारपसारमा लागेकाहरू रहेका रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले शुक्रबार फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै रक्सी ओसारपसारमा गर्ने कार्यमा नलाग्न अरु नेपालीलाई आग्रह गरेको छ।

रक्सी ओसारपसारमा कार्यमा लगाउनेहरु पनि धेरै जसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताए ।

काउन्सेलर कार्कीका अनुसार आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि आग्रह गरेका छन् ।

‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उनले फेसबुक लाइभमा भने, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जिन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’

साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो तर यहाँको कानुन कडा छ । नियमकानुनको बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँ वर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।

रक्सी ओसारपसारमा गर्ने कार्यमा जेल परेकाहरूलाई र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुन:साउदी अरब फर्कन नसक्ने गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ३१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच