अफगानिस्तानमा मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु « Khabarhub

अफगानिस्तानमा मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा विगतका युद्धमा बाँकी रहेका मोर्टार खानी पड्किँदा दुई बालबालिकाको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् ।

राज्यद्वारा सञ्चालित बख्तर समाचार एजेन्सीले शनिबार जनाएअनुसार गत हप्ता अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा यस्तै प्रकारको विस्फोटमा चार बालबालिका घाइते भएका थिए ।

अफगानिस्तान विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । विगत चार दशक लामो द्वन्द्व र गृहयुद्धबाट बाँकी रहेका विस्फोटक उपकरणहरू बेलाबेलामा विस्फोट हुँदा यहाँ थुप्रै मानिसहरू मारिने र अपाङ्ग हुने गरेको पाइन्छ ।

लोगार प्रान्तको राजधानी पुल–ए–आलम शहरको अल्तामोर क्षेत्रमा शुक्रबार साँझ बालबालिकाहरूले खेलौनाजस्तो यन्त्र भेट्टाएको र त्यससँग खेल्दा अचानक विस्फोट भएको बताइएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  २ : ५१ बजे

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर