स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल « Khabarhub

स्ववियु निर्वाचनमा सहयोग गर्न त्रिविको अपिल


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले भोलि चैत ५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा सबैलाई सहयोग गर्न अपिल गरेको छ ।

त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले आज विज्ञप्ति जारी गर्दै विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनमा सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न अपिल गरेका हुन् ।

उनले सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सुरक्षाकर्मी, पत्रकार नागरिक समाज सबैलाई निर्वाचन सम्पन्न नहुन्जेलसम्म आवश्यक सहयोग गर्न अपिल गरेका हुन् ।

स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको उनले जानकारी दिए । भोलि हुने स्ववियु निर्वाचन ६० आङ्गिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा मतदान हुँदैछ । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।

स्ववियु निर्वाचनको मतदान भोलि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ९ : ५० बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो