क्रिकेटर कुशल मल्ललाई बुटवल उपमहानगरको सम्मान | Khabarhub Khabarhub

क्रिकेटर कुशल मल्ललाई बुटवल उपमहानगरको सम्मान


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुटवल उपमहानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई नगदसहित आज सम्मान गरेको छ ।

बुटवल–११ देवीनगरका मल्ललाई उपमहानगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रा देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र ५० हजार रुपैयाँसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि नगरप्रमुख पाण्डेयले कुशलले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए ।

उनले नगरमा खेलकुद क्षेत्रको विकासका लागि तीन करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको जनाउँदै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक गौचनले बुटवलले सम्मान गरेर खेल क्षेत्रको हौसला बढाएको बताए । खेलाडी कुशलले उपमहानगरपालिकाले गरेको सम्मानले आफ्नो मनोबल बढेको र आगामी दिनमा थप मेहनत गर्ने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १ : ५४ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन